अटो र हाइस ठोक्कीदा एक जनाको ज्यान गयो

तुलसीपुरमा अटो र हाइस ठोक्कीदा एक जनाको ज्यान गएको छ भने ३ जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तुलसीपुर–१६ निबासी २८ बर्षकी लक्ष्मी चौधरि रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख हरिहरनाथ योगीले जानकारी दिए ।

घटनामापरी गम्भिर घाइते भएका मृतककी १७ महिनाकी छोरी आदिसा चौधरी, सोही ठाउँका प्रविन चौधरी र बिजय चौधरीको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचापछि थपउपचारका लागि नेपालगंज रिफर गरिएको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट तुलसीपुर आउँदै गरेको बा२ख ३९५९ नम्बरको हाइस र तुलसीपुरबाट जाँदै गरेको रा१ह ३५४९ नम्बरको अटो स्टारबोर्डीङ नजिकै करिब सवा सात बजे ठोक्कीएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस