खोटाङमा बस दुर्घटना १५ घाइते-दुईको अवस्था गम्भीर

खोटाङ –बिहान खोटाङको सदरमुकामबाट विराटनगर जान लागेको यात्रु बाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय खोटाङले जानकारी दिए अनुसार घाइते मध्य दुईको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई घटना स्थलबाट अहिले उपचारको लागि दित्तेल स्थित सामुदायक अस्पतालमा लगिएको छ । को १ ख ६३२० नम्बरको सो बस हलेसी तुवाचुङ्ग नगरपालिका —१० काँमीडाँडा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप विवरण आउन वाकी ।

प्रतिक्रिया दिनुहोस