दोलखामा जीप दुर्घटना हुँदा एक बालिकाको ज्यान गयो

दोलखा- दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नम्बर २, सोक्लामा आज बिहान जीप दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ । डाँडागाउँबाट चरिकोट आउँदै गरेको जीप दुर्घटना हुँदा सोहि वडाकै वर्ष ९ की रोशनी वलीको ज्यान गएको हो । घाइते रोशनीको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचारको क्रममा बुधबार विहान साढे ९ वजे चिकित्सकले मृत्यु भएको घोषणा गरेको दोलखाका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । बा १४ च ७६७ नम्बरको बोलेरो जीप आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका चालक भिमेश्वर नगरपालिका २, डाँडागाउ बस्ने २५ वर्षीया मनु तामाङ, मृतक बालिकाकी बुवा ३५ वर्षीय भोजबहादुर वली र श्रीमती ३० वर्षीया दुर्गा वलीको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस