नेवारी समुदायले आज भाइटीका लगाउँदै

काठमाडौं :- नेवार समुदायले आज किजा पूजा अर्थात् भाइटीका लगाउँदैछन् ।

हिजो म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले आज किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका हुन् ।

पञ्चांग निर्णायक समितिले लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म अर्थात १०, ११ र १२ गतेमात्र सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको थियो ।

तर, नेवार समुदायले भाइटीका १३ गते मनाउने भन्दै विदा दिन प्रधानमन्त्रीसँग आग्रह गरेपछि सरकारले आज पनि सार्वजनिक विदा दिएको हो हिजो नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा मनाउन लागिएको बताइएको  छ ।

नेपाल पञ्चांग निर्णायक समितिले भाइटीकाकै दिन म्हः पूजा गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार कतिपयले हिजो नै म्हः पूजा गरे ।

कतिपयले भने भाइटीकाको अघिल्लो दिन म्हः पूजा गर्ने चलन रहेको भन्दै सोमबारै म्हः पूजा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस