रामेछाप गोकुलगंगा गाउँपालीका फर्पुमा झगडा हुदा ६ जना घाइते

रामेछाप : रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालीका ७ फर्पुमा हिजो बेलुका झगडा भएको छ । झगडामा परी ६ जना घाइते भएका छन । केहि समयदेखि चल्दै आएको सामन्य बिबाद हिजो बेलुका करीब ९ बजेतीर खुकुरी हानाहानमा परिनत हुदा ६ जना घाइते भएका छन घाइतेहरु गोबिन्द तमाङ्,धनबहादुर तमाङ,पदम बहादुर तमाङ्,सुसिल तमाङ् ,सोम बहादुर गोले,र पदम बहादुर तमाङगोलेको रामेछाप सामुदायिक अस्पताल मन्थलीमा उपचार भैरहेको छ । घाइते हरुका अनुसार पदम बहादुर तामङ्को सबै दाजु भाइले आफुहरुमाथी एक्कासी रड, र खुकुरी प्रहार गरेको बताएका छन । उनीहरुको अहिले खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस