निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि १ लाख २९ हजार रुखहरु काटिने

प्रकाश लम्साल/बारा :- बारामा निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि १ लाख २९ हजार रुखहरु मात्र काटिने भएको छ ।

आयोजनालाई प्रभावित पार्न खोजेकाले गलत सूचना सम्प्रेषण गरेको भन्दै २ धाबन मार्ग निर्माणकाल लागि उक्त परिमाणको रुख माटै काटिने आयोजनाले जनाएको हो ।

निजगढ अन्तर्राष्टिय विमानस्थल निर्माण गर्न २४ लाख साल रुख काटिने निराधार हल्ला गरेको भन्दै आयोजनाले पत्रकारसम्मेलन मार्फत् त्यसको खण्डन गरेको हो ।

एक लाख २९ हजार रुखहरु कटान हुने त्यसमा टर्मीनल भबन, प्रबेश मार्ग, रनबे, धाबन मार्गलगायतका संरचनासहित हरियाली विमानस्थलका नामले परिचित हुने आयोजनाको दाबी छ ।

आयोजना प्रमुख ओम शर्माले विमानस्थल निर्माणका लागि सरकारलाई सघाउने वैकल्पिक र उत्तम उपायसहितको अवधारणा ल्याएको  छिटै प्रधानमन्त्री समक्ष उक्त ढाँचा पेश हुने बताए ।

वैकल्पिक अवधारणाअन्तर्गत पहिलो पाँच वर्षमा १० हजार रुख कटान गरी एउटा धावनमार्ग र टर्मिनल भवन लगायतका संरचना बनाएर विमानस्थल तत्काल संचालनमा ल्याउने उल्लेख  छ ।

त्यस्तै दोस्रो चरणअन्तर्गत दोस्रो धावनमार्ग र टर्मिनल लगायतका संरचनाहरू निर्माण हुनेछन् ।

विमानस्थलको यो मोडालिटी सम्बन्धित सबै निकायमा पुगिसकेको र मन्त्रिपरिषद्बाट टुंगो लाग्न बाँकी रहेको जनाइएको छ ।

प्रस्तावित विमानस्थलको कुल क्षेत्रफल ८ हजार हेक्टर भएपनि हाल विमान स्थल निर्माणमा एक हजार ६ सय ५० हेक्टर बन क्षेत्र मात्र प्रयोग हुने आयोजनाले सार्वजनिक गरेको ढाँचामा उल्लेख रहेको छ ।

आयोजनालाई प्रभावित गर्न खोजेकाहरुले सञ्चारमाध्यममलाई गलत सूचना प्रवाह गरिएको आयोजनाको आरोप छ ।

मन्त्रिपरिषदको निर्णय कुरेर बसेको आयोजनाले टाँगियावस्ती स्थानान्तरण र  गुरुयोजनासँगै शिलान्यासपछि आयोजनाले गति लिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस