रामेछाप :- रामेछाप जिल्ला प्रशासन कार्यालय रामेछापले राति १० बजेपछि देउसी भैलो खेल्न निषेध गरेको छ । नेपालीको दोस्रो ठूलो चाड तिहारलाई हर्षोउल्लास,भव्य ,मर्या्दित र अनुशासित तरिकाले मनाउनलाई चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरिएको प्रशासनले जनाएको छ ।रातको समयमा देउसी भैलोको बाहानामा उत्सृङखल गतिविधि हुनसक्ने भएकोले चाडपर्व लक्षित अभियानमा साथ दिन रामेछापवासीहरुलाई आग्रह गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले बताउनुभयो । रातको समयमा मदिरा सेवन गरी होहल्ला , झैँझगडा हुने भन्दै चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत समयसीमा तोकिएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी भैलो खेल्ने समयावधि तोकिएको हो ।तोकिएको समय भन्दा पछि देउसी भैलो खेलिएको पाइएमा कारवाही गरिने उहाँको भनाई छ । साथै तिहारमा पटका नपड्काउन राति ९ बजे सम्म मात्रै अनुमति प्राप्त पसलबाट मदिरा विक्री वितरण गर्न जिल्ला प्रशासन कार्यालय रामेछापले अनुरोध गरेको छ । तोकिएको समय भन्दा पछि देउसी भैलो खेलिएको पाइएमा कारवाही गरिने प्रशासनले जनाएको छ ।