अोखलढुगंगा पोकलि झरनामा सांस्कृतिक महोत्सव हुदै

रामेछाप:- ओखलढुगंगा प्रचार–प्रसारकाको अभावले ओझेलमा परेको ओखलढुंगामा ‘पोकली झरना सांस्कृतिक महोत्सव’ हुने भएको छ ।पर्यटकिय क्षेत्र पोकली झरनाको प्रचार–प्रसारका लागि यहि कार्तिक १६ गते सांस्कृतिक महोत्सव गरिने भएको हो ।पोकली झरनाको विश्वमा प्रचार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको पोकली झरना सेवा समाजका अध्यक्ष मिलन बिष्टले जानकारी दिए ।पर्यटन वर्ष २०२० भित्र नेपालमा २० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको घोषणा अनुसार पोकली झरनामा २० हजार पर्यटक ल्याउने योजना रहेको अध्यक्ष विष्टले वताए । २०२० मा कम्तिमा २० हजार विदेशी पर्यटक हामी पोकली झरना देखाउन ल्याउँछौं ।उनले भने ‘महोत्सव सहितका औपचारिक कार्यक्रम हुनेछन् । झरना र यहाँको अन्य विशेषता सहितको डकुमेन्ट्रि बनाएर विश्वभर प्रचार गर्ने अन्तिम तयारीमा छौं ।सांस्कृतिक महोत्सवमा इन्द्रेणी समाज काठमाण्डौ र जिल्लाका कलाकारहरुको प्रस्तुति रहने छ । तामाङ, सुनुवार, ब्राह्मण, शेर्पा, मगर सहितका जातजातीले आ–आफ्नो जातिय पहिचान झल्काउने सांस्कृतिक झाँकी प्रदर्शन गर्नेछन् । महोत्सवको पर्यटन मन्त्री योगेश भट्राईले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस