रामेछाप :-रामेछाप जिल्ला प्रहरी कार्यलय रामेछापले तिहार लक्षित विशेष सुरक्षा व्यवस्थामा कडार्इ गरेको छ । घटना हुनेबित्तिकै आफूहरु जतिसक्दो छिटो घटनास्थलमा पुग्ने गरेको रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोष कुमार भट्टराई बताए । जिल्लाका केहि विकट ठाउँहरुमा भने सूचना पाउन ढिलार्इ हुने र बाटोका कारण केही समय लाग्ने गरेको उनको भनार्इ छ । गएका वर्षमा भएका घटनालाई ध्यानमा राखेर यो वर्ष पनि तिहारका समयमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउन जनशक्ति तयारी अवस्थामा राखिएको उनले वताए ।चाडपर्वको समयमा पटाका पड्काउने, पसलले कालोबजारी गर्ने, जुवा खेल्ने लगायतका गतिविधि हुने भएकोले त्यस्ता गतिविधि थाहा पाउनेबित्तिकै जानकारी गराउन पनि प्रहरी कायर्ललय रामेछापले आग्रह गरेको छ ।