काठमाडौं :- सडकमा माग्दै हिँड्ने प्रबृत्तिलाई निरुत्साहित गर्ने सरकारी प्रयास कस्तो लाग्यो ? सामाजिक सञ्जालमा अाएका प्रतिक्रिया यस्ता छन् ।
तारे दमाईको प्रतिक्रिया :- सरकारले सडकका मागन्तेहरुलाई निरुत्साहितगर्ने प्रयासगर्नु त अति उत्तम हो तर दिगो साबधानको सट्टा लोकपि्रयताका निम्ति मात्र हो भने भन्नू केही छैन।हाम्रो देशमा नेपाली मगन्ते भन्दा भारतिय मगन्ते बडि देखिन्छ्न खुल्ला सिमाका कारण, पारीबाट आउने भिकारीलाई सिमामै प्रतिबन्धको अति आवश्यक छ।
अबिसेक डाँगीको प्रतिक्रिया :-सडकमा माग्दै हिंड्ने भन्दा पनि माग्न लगाउने गिरोह सकृय देखिन्छ । सडकछाप प्रवृत्ति निरुत्साहित गर्ने सरकारी प्रयास सकारात्मक छ । विभिन्न कारणबाट मागेर ज्यान पाल्न बाध्य नागरिकको पहिचान गरि राज्यले आफ्नो संरक्षणमा लिन सक्नुपर्दछ ।
सपना बस्नेतको प्रतिक्रिया :- देश सडक मगन्ते मुक्त बनाउनु राम्रो हो | यसमा भारतसंग खुला सीमा हुनु अझ बङ्गाल , बिहार र यु पी जस्ता धेरै भिखारी भएका राज्यहरुसंग हाम्रो सीमा जोडिनु मुख्य चुनौती हुन् | खुला सीमाना नियमन नगरी यो सम्भब नहोला |
समीर केसीको प्रतिक्रिया :- देश लाई समृद्धि र आत्मनिर्भर नबनाउन्जेल बालुवा मा पानी खन्याए जस्तै हो।