हाम्रो पनि भन्नु छ

 काठमाडौं :- हाम्रो पनि भन्नु छ :-
विप्लव नेतृत्वको नेकपा र सरकारबीच किन वार्ताको वातारण बन्न नसकेको होला ? सामाजिक सञ्जजालमा  अाएका प्रतिक्रिया यस्ता छन्।

खतिवडा योगेन्द्रको प्रतिक्रिया :-निर्मला पन्त , मैना सुनवार, पत्रकार डेकेन्द्र थापा र ब्यापारी रामहरि श्रेष्ठसहित धनुषा, रौतहट र कैलाली घटनाका विषयमा सोधेका प्रश्नको जवाफ सरकारले नदिनु । तर संयुक्त राष्ट्र संघको यातनाविरुद्ध अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गर्नु , उतिबेला ‘ तराईमा भएका सुरक्षाकर्मी हत्याका घटना, कैलाली घटना हत्याका दोषीबारेको जवाफमा मन्त्रिपरिषदले स्वीकृति नदिँदा प्रतिवेदन अलपत्र पारिनु यी र यस्ता कैयन नजिरले यो सरकारको भितृपाटोको बारे बोल्दछ त्यसैले देसमा बिप्लब ले गर्ने आन्दोलन जायज छैन तर बुझी बुझी पनि यो सरकार आफ्नो दम्ब घमन्ड र कुरुपतालाइ सम्मृद्दिभनी अनाहक्मा फरक राजनिती आस्था बोकेलै भरमा बिप्लब र अन्य समुहलाइ धरपकडगरी जेल्मा कोचेर यातना दिई रहेको छ यो हेर्दा अरु कुनै कारण नभै घमन्डताको पराकाष्ठा बढेको भनी सहजै भन्न सकिन्छ।

राजु डाँगीको प्रतिक्रिया :- सबैभन्दा पहिला म केभनछु भने देश चलाउने मान्छेनै अपराधि छभने अरूको कुरोसुनछत अब बिपलप लाई बातामा बोलाएपछि उसलाई पनित सिटचाहियो नि अब महरा को सिटकोलागि तेहि मन्त्री परीसथमा नै हानाहानछ भने बिपलप लाईकसरी बोलाउस त बातामा अरूकोत कुरै नगरौ कन्चनपुर कि निरमला को अपराधि अहिले समं पतालगाउन सकेको छैनभने अब अपराधि कस्लाई भनेत सरकारलाई नभनि सरकार नै गलत बाटोमा हिडिराकोछ भने कसरी बोलाउछत बिपलप लाई सहमतिमा कुरैमिलदैन।

सुशील पाण्डेको प्रतिक्रिया :-बिप्लव र सरकार पक्ष दुबैले सर्त माथी सर्त थपेको हुनाले वार्ता हुन नसकेको हो । वार्ता गर्न दुबै पक्ष ले आअफ्नो सर्त त्याग्नुपर्छ।

रमेश सुब्बाको प्रतिक्रिया :- सायद अलि ठूलो अप्रीय घटाना न घटेसम्म न सरकारले यहाँ बार्ताको महसुस गर्दछ,नत बिप्लपको कानमै बार्ताको बतास चल्दछ।आखिर सत्ताको बन्दुक र बिद्रोहिको बारुधले अकालमा निर्दोष नेपालीनै मर्दछ।सरकारपनि पेल्ने बिद्रोही पनि ठेल्ने आखिर दुबैको दम्भले गर्दानै हो वार्ताको बाताबरण न बन्नुको कारण।

केदार घर्तीको प्रतिक्रिया :- बिप्लव माओवादीले गलत बाटो रोजेको छ, द्वन्द चाहन्छ । सरकार सबैको अभिभावक हो, जिम्मेवार बन्नै पर्छ । राज्यले वार्ताको सहज वातावरण तयार पारी दिनुपर्छ । वार्ताबाट समस्याको समाधान गर्नु सबैका लागि हितकर हुनेछ । देखाउनको लागि मात्र होइन अधिकतम सहमतिका लागि वार्ता गरिनु पर्छ ।

रोशन सिवाकोटीको प्रतिक्रिया :- दुवै पछ्यलाइ बार्ताको आबश्यकता महशुस भएपछी मात्रै बार्ता संभब हुन्छ | बिद्रोही पछ्य आफ्ना कार्यकर्ता छुटाउन , जनतामा आफ्नो एजेन्डा प्रचार गरि शक्ति बढाउँन बार्ता चाहन्छ , ठुला हिंशा अशान्ति हुदा सरकारलाई बार्ताको दबाब पर्ने हो | खुला बार्ता नभए पनि गोप्य बार्ता भैरहेको हुनसक्छ |

प्रतिक्रिया दिनुहोस