काँग्रेसले डडेल्धुरामा सुरु गर्‍यो ‘गुटबन्दीको अन्त्य गरौं’ अभियान

डडेल्धुरा । संगठनभित्र चरम गुटवन्दी मौलाई रहेको वेला डडेल्धुरा काँग्रेसमा पार्टी सुदृढिकरण अभियानको थालनी भएको छ ।

केही नेता तथा कार्यकर्ताको पहलमा ‘गुटबन्दीको अन्त्य गरौं’ भन्ने नाराका साथ पार्टीको आन्तरिक राजनीतिलाई सुदृढिकरण अभियान थालिएको छ ।

सभापति शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुरामा गुटउपगुटका कारण पार्टी निकै कमजोर भएको भन्दै काँग्रेसका सक्रिय कार्यकर्ताले गुट अन्त्यको पहल थालेका हुन ।

गुटमा लागेका नेताले संस्थागत भन्दा व्यक्तिगत लाभका बारेमा सोच्दा डडेल्धुरा कांँग्रेसमा लथालिंग अवस्था सिर्जना भएकाले कांग्रेसलाई जोगाउन अभियानको थालीन जरुरी स्थानीय नेता कार्यकर्ताले बताएका छन् । गुटबन्दी अन्त्य नभए पार्टीप्रति आमसर्वसाधारणको विश्वास नबढ्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस