आज प्रेसविज्ञप्ती जारी गर्दै डा. केसीले तिहार र छठ पर्व नजिकिएका कारण आफूले अनशन बस्ने मिति पछि सारेको जानकारी दिए ।
डा. केसीले विद्यार्थीहरुसँग अवैध रुपमा लिएको शुल्क फिर्ता गराउन सरकारलाई आजसम्मको अल्टिमेटम दिएका थिए ।
यस्तै डा. केसीले वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा अवैध रुपमा लिएको शुल्कको विरोधमा उत्रिएका विद्यार्थीलाई कलेज प्रशासनले गरेको आक्रमणको भत्र्सना गरेका छन् ।
तोकिएको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी मुद्दा चलाउनु पर्ने उनको माग छ ।