क्यालिफोर्नियामा अचानक आगो फैलदा दुई हजार मानिसलाई अन्यत्रै सारियो

वाशिङटन । अमेरिकाको क्यालिफोर्नियामा भएको आगलागीका कारण करिब दुईहजार मानिसलाई अन्यत्र सारिएको छ । राज्यको अग्नि नियन्त्रण विभागले जनाएअनुसार सो आगो सानोमा काउन्टीको १० हजार एकड जमिनमा फैलिएको छ ।  शक्तिशाली हावा चलिरहेका कारण आगो दक्षिणी क्यालिफोर्नियातर्फ फैलिँदै गएको छ । गतवर्ष समेत क्यालिफोर्नियामा भएको आगलागीमा एकसय जनाको मृत्यु भएको थियो ।

नौ सय भन्दा बढी गिजरभिल्लेका बासिन्दालाई अग्नि नियन्त्रकले अन्यत्र सर्न आग्रह गरेका छन् । करिब १ लाख ८० हजार घरहरुमा अहिले बिजुली बत्ती गएको छ  । क्यालिफोर्नियाका १५ वटा काउन्टीमा थप खतरा नहोस् भनेर बिजुली बन्द गरिएको हो ।  सो आगो पर्वतीय क्षेत्र किनकेड सडकबाट सुरु भएको हो । यसको कारण अझै खुलेको छैन । जेटको प्रयोग गरेर अहिले आगो निभाउने प्रयास भइरहेको छ । (बीबीसी)

प्रतिक्रिया दिनुहोस