एन प्याव्सन तुलसिपुरकाे अध्यक्षमा न्याैपाने चयन

विमल गाैतम/दाङ : एन प्याव्सन दाङकाे उपमहानगरपालिका स्तरिय समिति गठन गरिएको छ । उपमहानगरपालिका स्तरिय भेलाले तुलसिपुर उपमहानगरपालिकाकाे अध्यक्षमा भाेजराज न्याैपानेलाई सर्वसम्मत चयन गरेकाे छ । जिल्ला उपाध्यक्षसमेत रहनु भएका न्याैपाने लाई भेलाले नगरकमिटिकाे अध्यक्षमा चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा लाेकेन्द्र वहादुर खडका, सचिवमा मेघराज पाेख्रेल, र काेषाध्यक्षमा भुवन वलि लाई सर्वसम्मत रुपमा चयन गरेकाे छ । त्यसैगरि सदस्यहरुमा भागवत भट्टराई , मीन कुमार अाचार्य र राेमहर्ष शर्मा लाई चयन गरेकाे छ । २ सदस्य पछि थप गर्ने छ । त्यस्तै घाेराहि उपमहानगरपालिकाकाे संयाेजकमा नरेश कुमार अाचार्य र उप संयाेजकमा कुमार नेपालिलाई चयन गरेकाे छ । प्याव्सन दाङका अध्यक्ष भिम बहादुर वुढाथाेकिकाे अध्यक्षता प्रदेश नम्वर ५ का संयाेजक सुवाेध कुमार डागिकाे प्रमुख अातित्थ्यता तथा केन्द्रीय सदस्य प्रकाश कुमार शर्माकाे विशिष्ट अातित्थ्यतामा भएको भेलामा वाेल्ने बक्ताहरुले सरकारले पर्याप्त तयारि विना नै निजि विद्यालयहरुलाई सामाजिक सुरक्षाकाेषमा जान निर्देशन दिएकाे भन्दै त्यसलाई एन एन प्याव्सनले नमान्ने वताएका थिय । साे अवसरमा वाेल्दै प्रदेश नम्वर ५ का संयाेजक डागिले सरकारले सराेकारवाला निकाय संग छलफल र सहमति नगरि एक्लाैटि ढंगले सामाजिक सुरक्षा काेषमा निजि विद्यालयलाई जान वाध्य पारिरहेकाे भन्दै त्यसलाई एन प्याव्सनले नमान्ने वताउनु भयाे । साथै डागिले राज्यले निजि विद्यालयहरुलाई निस्तेज पार्न खाेजिरहेकाे भन्दै त्यसका विरुद्दमा सवै लाग्नु पर्नेमा जाेड दिनु भयाे । साथै डागिले स्थानिय पालिकाहरुमा समेत अब चाडैं नै शिक्षा एन वन्ने भएको हुदा त्यसका लागि समेत तयार रहन उहाले अाग्रह गर्नु भयाे । त्यस्तै गरि वर्तमान समय निजि विद्यालयकाका लागि प्रतिकुल रहेकाे भन्दै समस्या संग जुध्न सक्ने व्यक्ति नेत्रृत्वमा अाउन अाग्रह गर्नु भयाे ।
त्यस्तै विशिष्ट अतिथि शर्माले निजि विद्यालयकाे संरक्षण र सम्वर्दनका लागि एन प्याव्सनले धेरै काम गरेकाे दावि गर्नु भयाे । संगठनकै कारण धेरै समस्याकाे समाधान भएको वताउनु भयाे । साथै शर्माले निजि विद्यालयहरुका लागि वर्तमान समय प्रतिकुल रहेकाे भन्दै समस्या संग जुध्नका लागि तयार रहन अाग्रह गर्नु भयाे ।
साे अवसरमा एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष विमल गाैतम, उपाध्यक्ष भाेजराज न्याैपाने , घाेराहि संयाेजक नरेश कुमार अाचार्य लगाएतकाले मन्तव्य व्यक्त गर्नु भएको थियाे । कार्यक्रमकाे सहजिकरण सचिव ठाकुर प्रसाद डागिले गर्नु भएको थियाे ।

प्रतिक्रिया दिनुहोस