लक्ष्मण बस्नेत/ दाङ: – टरिगाउ फुटबल क्लब र नवलपुर फुटबल क्लब दाङको गौरीगाउँमा जारी खुला खसिकप फुटबल प्रतियोगिता २०७६ को फाईनलमा भिड्ने भएका छन् !
गौरी युवा क्लब गौरिगाउँको आयोजना तथा तुलसिपुर उपमहानगरपालिका वडा न १० को आर्थिक सहयोगमा शुभदिपावलीको अबसरमा संचालित प्रतियोगिता अन्तरगत बिहिवार सम्पन्न सेमिफाइनल खेलमा संग्राम युथ क्लब लाई शून्य का विरुद्ध ४ गोल अन्तरले पाखा लगाउदै टरिगाउ फुटबल क्लब ले फाईनल यात्रा तय गरेको हो ! खेलमा टरिगाउका तर्फ बाट हर्क आलेमगरले २ गोल गरे भने अर्जुन नेपाली र रमेश तामाङ ले समान १/१ गोल गरे ! त्यस्तै बेलुका भएको दोस्रो सेमिफाइनलमा खेलमा एल एफ एस ए लाई सुन्यका विरुद्ध ४ गोल अन्तरले पाखा लगाउदै नवलपुर ले टरिगाउ संगको फाईनल भिड्न्त पक्का गरेको हो !
गौरी खेलमैदानमा भएको शसक्त र शानदार खेलमा नवलपुरका रोहित खड्काले सर्वाधिक ३ गोल गर्दै ह्याटि्रक गरे भने देव राज बस्नेतले १ गोल गरे ! फाईनल भिड्न्त शुक्रबार दिउसो १ बजे पछि हुनेछ ! प्रतियोगिताको बिजेताले खसी तथा कप मेडल,प्रमाणपत्र हात पार्नेछ !त्यस्तै उपबिजेताले कप मेडल,प्रमाणपत्र हात पार्नेछ ! कार्तिक ५ गते देखि संचालित प्रतियोगितामा जिल्लाका ११ टिमको सहभागिता रहेको आयोजक क्लबका हरि खड्काले जानकारी दिएका छ्न् ! यसैबिच आयोजकले दिउँसो हुने फाईनल खेल तथा समापन समारोहमा उपस्तिथिका खेलाडी, खेलप्रेमी,पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ