“भिटेन” पक्राउ

‘हामी यस्तै त हो नि ब्रो’ नामक गीतका गायक पक्राउ परेका छन् । असइको बर्दी लगाएर गाँजा सेवन गर्दै गरेको अवस्थामा भिटेन भनिने समिर घिसिङ जाउलाखेलबाट पक्राउ परेका हुन् ।

नेपाल प्रहरी अपराध महाशाखाको टोलीले घिसिङलाई पक्राउ गरेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

घिसिङविरूद्ध सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस