अन्ततः माफी मागेरै छाडे पत्रकारलाई दुव्र्यवहार गर्ने मेयर चौधरीले।

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारमाथि दुर्व्यहार गरेको विषयमा माफी मागेका छन्।

मेयर चौधरीले एक विज्ञप्ति जारी गदै पत्रकारहरूमा पुगेको चोटप्रति क्षमायाचना गरेका हुन्।

लोकतन्त्रमा कानुनी राज्यमा प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रताको ग्यारेन्टी गरिएको हुनाले आफू सधैं त्यसको पक्षमा रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै आगमी दिनमा हातमा हात मिलाएर अगाडि बढ्ने प्रतिबद्धता उनले जनाएका छन्।

त्यही समयमा आफू धेरै काममा व्यस्त रहेको बेला पत्रकारहरूसँगको कुराकानीका क्रममा भएको विवाद तनावपूर्ण बन्न गएको र त्यसले पत्रकारको भावनामा चोट पर्न गएको प्रति उनले दु:ख व्यक्त गरेका छन्।

पत्रकारमाथि त्यस्तो व्यवहार गर्ने मनसाय पनि आफ्नो नभएको उनले उल्लेख गरेका छन्।

इटहरीलाई बनाउन पत्रकार र जनप्रतिनिधि मिल्नुपर्ने मेयर चौधरीले बताएका छन्।

सो घटनामा उनले पत्रकार कृष्णबहाव भट्टराई र विकल रेग्मीलाई दुर्व्यवहार गरेका थिए।

गत ८ गते कर्मचारी र पत्रकारहरूलाई गरेको दुर्व्यवहारको विषयमा उपमेयरले मागेको माफीप्रति पत्रकारहरूले नमानेपछि मेयरले लिखित माफी मागेका हुन्।

पत्रकार महासंघले मेयर आफैंले माफी माग्नुपर्ने भन्दै ४८ घण्टे अल्टिमेटम दिएका थिए।

प्रतिक्रिया दिनुहोस