आफ्नै श्रीमतिको हत्यागर्ने श्रीमान ६ बर्ष पछि पक्राउ

आफ्नै श्रीमतिको हत्यापछि फरार एक व्यक्तिलाई दाङ प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ ।

लमही नगरपालिका वडा नम्बर ५ निवासी ३२ बर्षीय प्रदिपकुमार जैसवालले २०७० साल असार २५ गते आफ्नै श्रीमति प्रितीकुमारी जैसवाललाई घाँटी थिचेर हत्या गरि फरार थिए ।

प्रदिपलाई श्रीमति हत्या काण्डमा दोषी ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले १८ वर्ष ८ महिना १९ दिन जेल सजायको फैसला सुनाएको थियो ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रज्वल थपलियाले लुकिछिपी बस्दै आएकाे फरार अभियुक्त जैसवाललाई मंगलबार बेलुका ६ बजेतिर लमही बजार क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए ।
सामान्य विवादमा प्रदिपले श्रीमतिको घाँटी थिचेर हत्या गरेको प्रहरीले बताएको छ । जिल्ला अदालतले २०७४ साल पुस १७ गते जैसवालका विरुद्ध उक्त फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस