दाङ :- दाङमा सवारी दुर्घटनामा परी २ जना घाइते भएका छन् ।तुलसीपुर उपमहानगरपालिका वडा न ५ को सल्यान रोडमा कारले मोटरसाईकललाई ठक्कर दिदा दुबै सवारी साधनका चालक घाइते भएका हुन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार विरेन्द्र चोकबाट सल्यान रोड तर्फ जाँदै गरेको आरजे ०१सी सी ०८८५ नम्बरको भारतिय नम्बर प्लेटको कार घुमाउने क्रममा सोही दिशा तर्फ जाँदै गरेको रा ४ प ६८९४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो
दुर्घटनामा दुबै सवारीका चालक घाईते भएका छन् । घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुबै सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।