ने.क.पा तुलसीपुरले गर्यो शुभकामना तथा परिक्षण कार्यक्रम

दाङ तुलसीपुर :-  नेपाल कम्युनिष्ट पार्टी(नेकपा )तुलसीपुर उपमहानगर संगठन कमिटि दाङको आयोजनामा मंगलवार तुलसीपुरमा दशमी,शुभदिपावली र छर्ठपर्वको अवसरमा प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।नगर कमिटिका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता एवं नेकपा प्रदेश ५ कमिटि सचिव जग प्रसाद शर्मा(अपार)को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको छ ।सो अवसरमा बोल्ने बक्ताहरुले पार्टीलाई अझ बलियो बनाउनका लागी नेता देखी कार्यकर्ता सम्म एक जुट भएर लाग्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले पार्टीको निति र सिद्धान्तलाई सवै अनुशासित तरिकाले लागु गर्न सवै जिम्मेवार बन्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस