काठमाडौं :- पछिल्लो समय युवामाझ लोकप्रीय बनेका गायक दुर्गेश थापा पक्राउ रेको छन् । उनलाई देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको अपराध महाशाखाको टोलीले मंगलबार थापालाई पक्राउ गरेको वताएको छ ।
प्रहरीले थापासँग सोधपुछ गरी सामाजिक सहिष्णुता बिगार्ने शब्द प्रयोग गरिएको गीत हटाउने तयारी गरेको छ ।
तिहार लक्षित गरी दुर्गेशले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले थापालाई बोलाएको थियो ।
उनले गीतमा, धुमपान, मादक पदार्थ, लागूऔषध खानुपर्नेमा जोड दिएका थिए । गीतमा प्रयाग भएका शव्दले शब्दले समाजमा गलत सन्देश दिनुका साथै प्रचलित कानून विपरीत भएको भन्दै गायक थापाको आलोचनासमेत भइरहेको छ ।