दाङमा ओम संगीत गायन तारा हुने

दाङ :-  दाङमा ओम सगिंत गायन तारा २०७६ हुने भएको छ । ओम सगिंत कला केन्द्र दाङको आयोजनामा आउँदो मसिंर महिनाको पहिलो सातादेखि जिल्ला स्तरिय कार्यक्रमको आयोजना गर्न लागिएको सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।
रिपोर्टर्स क्लब दाङमा भएको पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ सगिंतकार राजेश क्षेत्रीले “कला संस्कृतिका लागी संस्कति संरक्षणका लागी”भन्ने मुल नाराका साथ कला केन्द्रले जिल्लाका प्रत्येक स्कुल तथा क्याक्पसहरुमा लुकेर रहेका नवप्रतिभाहरुलाई प्रस्फुटन गरि सिप विकास तथा कार्यक्षमता अभिबृद्धी गर्नका लागी ओम सगिंत गायन तारा आयोजना गर्न लागिएको जानकारी दिुनुभयो ।

रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै ओम सगिंत कला केन्द्र दाङका सयोजंक राजेन्द्र दाहालले गायन तारामा ५ वर्ष देखि २३ वर्ष उमेर समुहका प्रतियोगिहरुलाई सहभागी गराइने बताउनुभयो । कार्यक्रम जिल्लाका १० वटै स्थानीय तहमा पुगेर गरिने पनि उहाँले बताउनुभयो ।

त्यस्तै गायन तारामा प्रथम हुने प्रतियोगिले १ लाख नगद सहित एउटा एल्वममा गीत गाउने अवसर,मेडल र ६ महिना संगीत प्रशिक्षण फ्री,द्धितियले ५० हजार नगद,एउटा एल्बममा गीत गाउने अवसर,मेडल र ६ महिना संगीत प्रशिक्षण फ्री,तृतियले २५ हजार नगद,मेडल र ६ महिना संगीत प्रशिक्षणको व्यवस्था गरिएको छ । त्यस्तै कार्यक्रममा कन्फिडेन्ट अवार्ड,बेस्ट चाइल्ड अवार्ड,पब्लीक च्वाइस अवार्ड प्राप्त गर्ने प्रतियोगीलाई बिशेष सम्मान तथा पुरस्कार र टप टेनलाई बिषेश सम्मान तथा पुरस्कार दिइने छ ।

गायन तारामा भाग लिने प्रतियोगीलाई फारम शुल्क ५ सय रुपैया लाग्ने आयोजकले बताएको छ । कार्यक्रममा गितकार तथा संगितकार बच्चु कैलाश,चलचित्र पत्रकार सघं दाङका अध्यक्ष धुर्वराज न्यौपाने लगाएतले बोल्नु भएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल दाङका सस्थापक अध्यक्ष प्रेम प्रकाश मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका प्रेस सयोजंक प्रेम विवश घर्तिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस