घोराही–लमही सडक खण्डमा सवारी दुर्घटना

दाङकाे घोराही–लमही सडक खण्डमा सोमबार बेलुकी सवारी दुर्घटना भएकाे छ ।

घाेराही उपमहानगरपालिकाकाे वडा नम्बर ३ बर्गदुवा चाेक नजिक २ यात्रुवाहक बस एकआपसमा जुधेका छन् । उक्त दुर्घटनामा परी २२ जना यात्रु घाइते भएकाे दाङ प्रहरीले जनाएकाे छ ।

घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेकाे ना ५ ख ३९५६ नम्बरको बस र लमहीबाट घोराहीका लागि छुटेकाे लु १ ख ९६७९ नम्बरको बस बर्गदुवा चाेक नजिक एकआपसमा ठक्किन पुगेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका २२ जना यात्रुकाे घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। घटना बारे अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ

 

प्रतिक्रिया दिनुहोस