महरालाई बिप्लव को चिट्ठी

काठमाडौं :-
प्रिय महरा सर,
क्रान्तिको समरबाट अभिबादन । हामी तपाईका चेलाहरु आज निशब्द छौ । पत्याउनै गाह्रो भो । तपाइको भद्र स्वभाबले यस्तो छुद्र कार्य कसरि गर्यो होला भनेर मान्नै गाह्रो छ । महरा सरको त्यो स्कुलिङ्गमा युद्दको एउटा आदर्श थियो जहाँ केवल एकजनासंग मात्रै प्रेम बिबाह अनि यौनको स्कुलिङ्ग दिन्थ्यो । अन्य पराय बिबाहित महिला संगको शारीरिक सम्बन्धलाई अनैतिक सम्बन्ध भन्थ्यो ।
सर तपाइको आदर्श आज डगमगाएको छ । तपाइको कमजोरीमाथि बर्गबैरिहरु दशैँ मनाई रहेका छन् ! घर जलेको त्यो दिन एकपटक फेरी निसास्सिएको छ । जुनेलिरातका जुनाताराहरुको उजेली मधुर बनेको छ । क्रान्तिको आवेग हच्किएर तपाईलाई चियाएर हेर्यो अनि बन्दुकको निसानी फेरी एकपटक सल्बलाएको छ ।
तर ढिला भैसकेको छ महरा सर । मलाई आज कामरेड भनेर सम्बोधन गर्ने गाह्रो भयो । मसंग सरको सम्बोधन बाहेक अरु केही रहेन । म क्षितिज पारि पर्खिरहेको परिवर्तनको उसा किरण संगै छु । उज्यालो उसा किरण बोकेर धर्तीमा ल्याउने दुस्साहस गर्दै गर्दा सायद मेरो भौतिक शरीर जलेर उसासंगै नष्ट हुनसक्छ तर बिचार जिबित रहनेछ, म नभएर के भयो र, आखिर बिचार त बाँचिरहनेछ ।
अँ साँच्ची संसदीय व्यवस्थाले तपाइको जिबन उदाङ्गो पारिदियो । कमजोरी तपाईबाट भयो होला तर त्यसको अन्तर्निहित कारक तत्व संसदीय ब्यबस्था हो । यो व्यवस्थाले अन्तर्निहित सुन्दरताको हरण गरेर देखावटी रुपको बिज्ञापन गर्छ । आदर्शको सत्यानास पारेर नैतिक हिनहरुको संगत गराई दिन्छ ।
किन कि संसदीय थलोमा खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेचिन्छ ।
हो महरा सर त्यहि भएर आज तपाई आदर्शको चुलीबाट गर्ल्याम ढल्नु भएको हो । दोष त तपाइको थिएन, थियो त केवल त्यहि व्यबस्थाको थियो ।
सर्बहाराले देखेको कुरा हो, हुस्किको चुस्कीले मात लगाउछ । मात लागेको मनले उत्तेजित बनाउछ । आखिर धन सम्पती न हो दम्भ देखाउछ । फोकटमा पाएको सुख सुबिधाले त झनै आदर्शको हिमशिखर बिलाई. खल्बल्लिएको मस्तिस्क हुँदै दरिद्र आत्मा भएर अनैतिक कार्यशैलीमा छछल्किनछ, अनि पोखिन्छ।
हो त्यस्तै भएको हो तपाइको आदर्शको जिन्दगी । यो दोष पनि त्यहि पातकी संसदीय ब्यबस्था हो । कसैको घर उजाड बनायो, कसैको नैतिकता हरण गर्यो, कसैको उठिबास लगायो । यो सब ब्यबस्थाकै कारण हो ।

प्रतिक्रिया दिनुहोस