छोरा हृदयन्द्रलाई पारसबाट किन टाढा राखियो

काठमाडौं :- पूर्व युवराज पारस शाहले आफू सर्वसाधारण भइसकेको भन्दै जोगीजस्तो जीवन बिताएको दाबी गरेका छन् । उनले आफूमा राजा बन्ने चाह र उद्देश्य नरहेको समेत स्पष्ट पारे ।

युट्युबर सोनिकासँग देखिने क्रममा उनले आफूलाई युवराज नभन्न समेत भने । पारस अनौपचारिक र सुरक्षा घेराबाट टाढा पुगिसकेका छन् । पूर्व युवराजका रुपमा सुरक्षा पनि लिएका छैनन् । पछिल्लो समय युट्युबर सोनिका रोकायासँग जोडिएर चर्चामा आएका छन् ।

आखिर किन पारस परिवारबाट टाढिए । उनले आफूखुशी जीवन बिताइरहेका छन् । राजसंस्थाप्रति सहानुभूती बढ्दै जाँदा पारस त्यसप्रति कुनै वास्ता गरिरहेका छैनन् । परिवारमा उनी छोरा हृदयन्द्र शाहबाट टाढा छन् । छोरी पूर्णिका भने पारससँग नजिक छिन् ।

पूर्व राजपरिवारमा पारसलाई हृदयन्द्रबाट टाढा राखिएको छ । राजावादीहरुले हृदन्द्रलाई भावी राजाका रुपमा पनि देखेका छन् । त्यसैले हिमानीले पनि हृदयन्द्रलाई पारसबाट टाढा राखेकी छिन् । पूर्व राजाले पनि हृदयन्द्रलाई पारसबाट टाढा राखेकी छिन् ।

यसैगरी युट्युबर सोनिका रोकायाको पासोमा परेपछि पूर्व राजा ज्ञानेन्द्र शाहको परिवारमा खैलाबैला मच्चिएको छ । विभिन्न काण्डले बदनाम भएका पारस सोनिकासँगको सम्बन्धका कारण चर्चामा आएका छन् ।

सोनिकाका बारे पूर्व राजपरिवारमा नकारात्मक खबरहरु पुगेपछि पूर्व राजा ज्ञानेन्द्र चिन्तित बनेका हुन् । राजावादीहरुले समेत यसले पूर्व राजाप्रति बढ्दो समर्थनमा धक्का पुग्नेतर्फ सचेत गराएका छन् । पूर्व राजा निकट स्रोतले पारस महिलासँग जोडिंदा गलत सन्देश गएको जानारी दिएका छन् । यसप्रति पूर्व राजा शाह गम्भीर भएका छन् ।

पारस यसैपति उदण्डताका कारण बदनाम भएका छन् । उनीप्रति जनतामा नकारात्मक धारणा छ । उनको कारणले पूर्व राजा शाह देखि छोराछोरीहरुप्रति नकारात्मक धारणा बन्नसक्नेतर्फ ध्यानाकर्षण गराइएको छ । यसमा केही पूर्व राजानिकटस्थ नै लागेका छन् ।

पारसकी पत्नी पूर्व युवराज्ञी हिमानी शाह समाजसेवामा सक्रिय छिन् । उनी लोकप्रीय छिन् । छोरा हृदयन्द्रलाई साथ लिएर परोपकारी काम सिकाइरहेकी छिन् ।

पारसकी छोरी पूर्णिका शाह र किर्तिका शाह पनि परोपकारी काममा लागिसकेका छन् । किर्तिकाले जन्मदिन अनाथ बालबालिकासँग मनाइन् । पूर्णिका नेपाली साहित्य रुचाउँछिन् । पारसपत्नी हिमानी र छोराछोरीहरु लोकप्रीय भइरहँदा पारसको व्यवहारले उनीहरुलाई पनि असर पर्ने हो कि भनेर पूर्व राजा चिन्तित भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस