गोर्खामा प्राविधिक शिक्षा सञ्चालनका लागी महायज्ञ सुरु

गोर्खा नगरपालिका वडा नं. ३ नाघेश्वर गोर्खा घलाग्ङ राष्ट्रिय मा. वि. मा प्राविधिक शिक्षा सञ्चालन गर्नको लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।

महायज्ञलाई गण्डकी प्रदेशका भौतिक योजना तथा पुर्वधारमन्त्री रामशरण बस्नेतले दिप प्रज्ज्वलन गरेर उद्घाटन गरेका थिए ।
महायज्ञमा दान गर्ने दान दाताहरुलाई विभिन्न किसिमको सम्मान गरिने भएको छ ।

उक्त उद्घाटन कार्यक्रममा गोर्खा नगरपालिकाको मेयर, उपमेयरसँगै गोर्खा अस्पताल व्यवस्थापन समितिका अध्यक्षले समेत आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

कात्तिक १ गते मन्त्रीद्धारा दिप प्रज्वलन गरीे सञ्चालन गरिएको महायज्ञ कात्तिक ९ गते साँझ तिल अपर्ण र लाखबत्ति प्रज्वलन गरेर विर्सजन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस