रोजगारीका लागी मलेशिया पुगेका युवकको मृत्यु

दाङबाट रोजगारीका लागी मलेशिया पुगेका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका २ को बाघमारेका ४२ वर्षीय मोहन केसी (कान्छो) रहेका छन् । असोज २९ गते नेपाली समयअनुसार बेलुका साढे चार बजेतिर ज्यान गएको हो ।

दशैँको टीकाका दिन एक्कासी बेहोस भएपछि उपचारका लागि उनलाई मलेसियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा ज्यान गएको आफन्त सुरेश ओलीले बताएका छन् । केसी डीएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ को रुपमा काम गर्न एक महिनाअघि मात्रै मलेसिया पुगेका थिए ।

शवलाई सोमबार नेपाल ल्याउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस