लुकाईएको माया

काठमाडौं :-  “’गाउ डुल्न जाम”’राजिव ले भन्यो । slc सकिएर घर गएको थियौ उ र म संगै ।
गएकै अर्को दिन मलाइ हिड्न मन लागेको थिएँन.. उस्ले जिद्दी गर्यो । राजिव सानैदेखि काठमान्डू बस्यो म भने ७ कक्ष्या देखि मात्रै पढ्न आएको थिए काठमान्डू । जुँगाको रेखी बसिसकेको थियो गाउमा अलि बुडी आमाहरुले देख्नुभयो कि त” तन्नेरी भएछन् केटाहरु”भन्नुहुन्थ्यो ।।
राजिव र म प्राय संगै हुन्थ्यौ । कहिले काही एक्लै हिडे भने सोधिहाल्थे खोइ तेरो जिग्री भनेर । उसकै आग्रहमा गाउ डुल्न निस्के,,कहिलेकाही पहिला संगै पढ्ने साथिहरु देख्दा लाज लाग्थ्यो लज्जावती झार निहुरेझैँ निहुरिन्थे ।।।…
उमेर पनि तेस्तै भएर होला पहिले कक्षामा बोल्ने केटि साथिहरु संग काठमान्डू गएपछि खासै बोल्ने गरेको थिईन ।।
बाटोमा कहिलेकाही यस्तै लवका कुरा चल्थ्यो
“त्यो केटि राम्री छ नि”
तलाई कस्तो लाग्यो भनेर ? कहिले काही काठमान्डू मै पनि संगै हिड्दा माइक्रोमा अलि राम्री केटि बसेपछि बल्ल माइक्रो मा चडीन्थ्यो । अझ उल्टो पट्टि केटि बसे पछी त ओहो अब अर्को भेट लाइ पनि कुरा पुग्थ्यो ।
”’ बानि नै लागेको थियो त्यो केटि राम्री हो है भन्न । अलि थकाई पनि लागेको थियो बैसाख को त्यो बसन्त मा रुखका हाँगाहरुमा पलाएको पालुवाहरुको सुन्दरता नै बेग्लै थियो,,,,खाजा खाम न”राजिव ले भन्यो।
पहिलेदेखि चिनेका कर्ने दाइ थिए । । देख्ना साथ् सोधे भाइ के छ ? कहिले हो ? -हिजै हो दाइ तपाइँ को चाउमिन ले डोर्याएर यी यहा सम्म ल्यायो । अलि मक्ख पार्दिएको बुढा खुसि भए,भेना ले जिस्क्यौदा साली मख्ख परेझै।
खाजा को अर्डर के दिएको मात्रै थिए पहिला संगै पढ्ने साथि भावना पो आइ टाढा बाटै चिने । तर राम्रो संग थाहा थियो यो संग पनि बोलिन्न भन्ने । होटेल मै आइ र चाउमिन अर्डर गरेर प्याक गर्दिनु है भनि । भित्र मलाइ देखे पछी एकछिन हेरी पहिल्यै कतै देखेर पनि नचिनेझै गरि हेरी । टोलाएर हेरी लाटोकोसेरो ले हेरेझै ।
म पनी दोधार मा थिए बोलम कि नाबोलम भन्ने । नबोलेको ४ बर्ष भएछ । बोलिन पनि । तर मलाइ राम्री पो लाग्यो यसपाली सायद नयन को पो दोष हो कि । दुइ तिर कपाल बाटेर कुर्ता सुरुवाल मा सझिएर आएकी थिइ हिडाई उही हास को झैँ । ह्या बानि नै त हो नि जो देखे पनि राम्री लाग्ने भन्दै आफैलाई गालि गरे । तर भावना को बिषय मा यो मेरो सोच लाइ फ्लप खुवाउथ्यो । ऊ सचिक्कै राम्री थिइ ।।
खाजा खाइ सकेपछी राजिब ले भन्यो”त्यो केटि को हो? यार राम्री पो रहिछ”। उस्ले राम्री भनेपछि मलाई झन् राम्री लाग्यो। म झन् डाहाडीए। मैले भने “साला! संगै पढेको केटि हो यार भावना राम्री भैछ आजकल” । यति भन्दै कर्ने दाइ लाइ चौमिन मिठो बनाउनु भएछ भन्दै फेरी मख्ख पारे ।
………………..त्यसलाई देखेपछी अब बाटोमा हिड्ने कोहि राम्री लाग्नै छोडेको थियो तर हेर्न चाहि छोडीन्थेन । तर जसलाई हेरिसकेपछि पनि भावना जस्ती चाहि होईन् है भन्दै दुइ हात बजार्थेम चस गरेर । गाउका ९ ओटा मध्धे ४ गाबिस त डुलिएछ ।
खुट्टा दुख्यो राति त्यसै सुते राजिवको घर हाम्रै घर भन्दा माथि थियो खाना खाइ सकेपछी मलाई दिउसो देखेको भावनाको चित्र पो झल्झली आखामा नाच्यो मयुर नाचे झैँ , कसैलाई सुरुमा देख्दा घन्टी बज्यो भने लव पर्यो भन्ने बुझे हुन्छ भनेको थियो खोइ कुन हिन्दि फिल्ममा आफ्नो यता घन्टी मात्रै होइन दमाइ दाइले बजाउने दमाहा नै बजिसकेको थियो शरीर मा । ,
अब मैले उस्लाई सम्झिने कोसिस गरे उतिबेला पढ्दा बेलाका बचे कुचेका यादहरुमा जसरि पागल प्रेमी ले उसका अतित सम्झिन्छ । म स्कुल फस्ट थिए । उ कक्षा मा अलि मध्यम खाल कि थी । त्यस्तो नजान्ने पनि होइन । त्यो बेलामा पो के बोलिन्थ्यो र ति केटि संग’। अब मलाइ सम्झिनको लागि कहिले काही गाइ कि त्रिसुल खेल्दा चुंगीका सरा थाप्दा बोलेको बाहेक अरु याद आएन । छरपटि भयो क्यासिनो मा गएर घर जग्गा नै हारे झैँ,धेरै कुरा सम्झिन खोजे सकिन । राजिव लाइ बोलाए आइज न आज हम्म्रै मा सुतम । केटो आयो।
मैले सुनाए” केटि राम्म्री लाग्यो यार अब कसरि बोल्ने अहिले सम्म बोलेको छैन” यस्ता कुरामा राजिव अलि अगाडी थियो ।त्यसैले त्यसको सल्लाह को खुब खाचो थियो । उस्ले भन्यो “अरु केटाहरु लाइ सोध्न यसको बारेमा” । मैले पनि हुन्छ भोलि बिहानै सोधम्ला भन्दै सुते । ।
भोलि पनि के गरम के नगरमा भैराथ्यो पुराना साथिहरुले के भन्लान?एक्कासी त्यसको बारेमा सोध्दा ,
अनि मैले सुरु गरे सानै देखि मिल्ने साथि मिलन देखि । मिलनलाइ साझ तिर डुल्ने बेलामा सोधे”भावनाको बारेमा मलाइ सबै कुरा भन।“उ एकछिन अल्मलियो र भन्यो “किन?” ।
म काठमान्डू आएपछि मिलन नै थियो क्लास टप गर्ने । उस्ले भावना का बारेमा अलि अनभिज्ञता प्रकट गर्यो । अनि मैले भने किन ?;तैले मन पराउछस? उस्ले होइन भन्यो । अनि बल्ल उसका बारेमा भन्न लायो ।एउटै गाउ भए पनि उसको परिवार को बारेमा मलाइ तेती थाहा थिएन ।मिलन ले यसरि सुनायो”भावना एउटा यस्ती केटि हो जसलाई कलेज का चार जना ले प्रोपोज गरेर पनि रिजेक्ट गरेकी हो,थाहा छैन उसका ब्वायफ्रेन्ड छन् कि छैनन् ।उ यति गोप्य छ कि उसको मिल्ने साथि लाइ पनि उसका रिलेसंशिप को बारेमा थाहा छैन । उ सिम्पल छ अझै पनि उस्ले हाता मै कापी किताब ल्याउछी । घर मा छोरी चार जना छन् भाइ छ एउटा सानो छ । परिवार कि साइली छोरी हो । बा बुटवल-बागलुंग गाडी को खलासी काम गर्छन । रक्सि खान्छन थाहा छैन कसरि चल्छ घर ? इज्जत त्यति छैन । दिदि हरु काठमान्डू मै पढ्छन।आज सम्म स्कुल मा उसको नराम्रो आचरण को बारेमा कसैले सुनेका छैनन् । नाच्न खुब राम्रो नाच्छी । राम्री छ बस त्यत्ति हो कहिले काही कक्षा मा मेरो नाम लिगेर जिस्क्यौथे तर उ मेरो नजर मा साथि नै हो।“
उस्ले त्यति भनेर सक्याउदै गर्दा म उसलाई धेरै मन पराइसकेको थिए। एउटा दया रुपी माया लाग्यो उ प्रति । कोहि भेटेर धेरै कुरा गरेपछि माया गर्छन तर म त उ संग नबोली दया लाग्यो । मैले सोच्नै सकिन त्यस पछी उ कसरि बाचेकी छ थाहा छैन |

भन्थे” त्यसका बाउले रक्सि खाएर मात्तिएर आउछन त उसको के दोष उ त संस्कारी छ चिने जतिकाले लक्षिन कि छ भन्छन ।
मैले उसलाई अब उसको हेराइ र सुन्दरता भन्दा उसको दुख सम्झेर मन पराए । मिलन लाइ भने”म उसलाई मन पराउछु तेरो सहयोग चाहियो”। उस्ले हुन्छ भन्यो । अनि सल्लाह दियो;;अहिले सम्म बोलेका छैनौ,सिता छ उसको मिल्ने साथि।हाम्रो घरबाट धेरै टाडा थिएन सिता को घर । मैले पनि सिताको सहयोग लिने बिचार ठिक लाग्यो र उसको प्रस्ताबलाई ओके भने ।अर्कों दिन घाम टाउका माथि आएको थियो अनि आज राजिवको भन्दा मिलन को आवश्यकता थियो । गए उसको घर र भने जाम सीताको मा ।“ सिता लाइ घर मै भेटन भन्दा पनि घर मुनि को चौतारो मा भेट्न उचित हुन्छ”भन्यो।उसै गरेम सिता हासी आजसम्म उसित यसरि गोप्य रुपमा भेटेकै थिइन । म पनि हासे कताकता लाज लाग्यो र भने तिम्रो साथि भावना मन पर्यो तिमीले मिलाइदिन पर्यो । बरु बुझ न उसका ब्वायफ्रेन्ड छन् कि छैनन् । ऊ हासी के हो दिलिप काठमान्डू मा केटि छैनन् ? मैले नि हासीहासी भन्दे काठमान्डू का केटिहरुको हेराइ नै डरलाग्दो छ । उ हासी ….. ।।।।हुन्छ बरु फोन गर न एकपल्ट भनि ।म डराए अहिले सम्म कसै संग फोन मा बोलेको छैन कसरि बोलम”।उस्ले भनि “प्यार कर्ना तो डरना क्या” ।“त्यो त हो”भने ।
फोन गर्न अझै मन ले मानेको थिएन अहिले सम्म बोलेको छैन उस्ले के सोच्छी होलि ?कतै मलाइ नराम्रो त सोच्दिन ? तर पनि मिलन र सिता लाइ संगै बस भनेर फोन गरे । crbt मा पहिलो घन्टी संगै बज्न थाल्यो”तुम्झो आए जिन्दगिके बात् बनगई” ।मुटु ले ठाउ छोडिसकेको थियो ।ट्याकिकार्डीया को बिरामी जस्तो ढकढक….ढकढक… ।।।।
हेल्लो !!!!!..(बोल्नै सकिन )
फेरी भनि
हेल्लो !!!!
अब चाहि आट गरे । “हेल्लो” सन्चै छौ ? आज सम्म नबोलेको केटि संग बोल्न को लागि यो भन्दा बडी सब्द थिएन म संग..
को बोल्नु भाको ? नरम,सुस्त बोलि लठ्याईसकेको थियो मलाइ ।सोचे फोन काटम ,उता बाट मिलन र सिता हास्दै थीए।।बोल बोल भन्दै उकसाउथे बिचबिचमा ।भने दिलिप’ उस्ले चिनिसकि सोचे अस्ति मलाइ हेरेकी मात्र होइनछ मेरो आखा हेरेर बोलेकी पनि रहिछ । एकछिन बोलिन अनि हास्दै भनि “कसरि पायौ नम्बर ? उ हासे पछी छुट्टै आनन्द आयो र भने बाटो मा फालेको फोन डायरी मा लेखेको थियो नम्बर फोन गरेको तिमि परिछौ ,उस्ले थाहा पाईसकी म झुट बोल्दै छु भन्ने ।बहाना नबनाउ भन कसले दियो?”सिता ले ।।
एए अनि सन्चै?”भने अ सन्चै छु अनि के गर्दै छौ ? बस्दै ।अब यो भन्दा अरु केहि थिएन सब्द अनि सोधे परिक्षा कस्तो भयो ? राम्रो” पहिलो चोटी को बोलि उ एक सब्द भन्दा बडी बोल्दिन थि।ल टेक केयर भन्दै फोन राखे । सबै भन्दा पहिले त पसिना पुछे ,मुख पुरै सुकेछ ,तर मन मा एक किसिम को आनन्द आइसकेको थियो ।
भने सिता लाइ भोलि घर मै बोलाएर भेट न ? उस्ले हुन्छ भनि ।
अर्को दिन घर मा आएर सबै भन्दा पहिला उसैलाई गालि गरिछ”किन नम्बर दिएको?’ भनेर । “मागे त छैन पनि कसरि भनम मिलन संगै थियो ।
त्यस दिन मैले सिता लाइ भनिसकेको थिए दिल्लीमा ले मन पराउछ भनेर भन्दे है भोलि ।अघिल्लो दिन मलाइ काठमान्डूबाट बुवाको फोन आयो र भन्नुभयो तलाई पढ़नुपर्दैन,सबै साथि ले ब्रिज कोर्स पढेका छन् भोलि नै माइक्रो चढ़। बुवा त्यसरी रिसाएको मैले देखेको थिइन् ।अब यता भावनाले के भन्लि भन्ने चिन्ता थियो ।रोए एकछिन हजुरआमा लाइ भन्दिनु न १,२ दिन बस्छ भनेर भनेको हजुरआमा ले भन्दिनु त भयो तर बुवा को कुरा लाइ टार्न सक्नुभएन जा बाबु कलेज भर्ना हुने बेला आइज । म त्यस रात रुदै सुते राजिव लाइ पनि मनाए र हिडे एकाबिहानै ।पहिलोचोटी कसैलाई मन पराएको तर ब्ववारिसे बनाएर छोड्दै छु दोबाटोमा बालेर छोडेको बत्ति जस्तै।

भावना लाइ के भनम?त्यत्रो सहयोग गर्ने सिता र मिलन लाइ धन्यबाद दिन पनि पाइन ।अनेक कुरा खेल्यो सबै लाइ म्यासेज गरे तर भावना लाइ सकिन ।
काठ्माडू आएपछि सिता लाइ फोन गर्दै सोध्थे के भनि भनेर उस्ले भनि “नो रिप्लाई”।त्यस दिन ८ घण्टा को यात्रा मा म भोकै थीए केहि खान मन लागेन अझ सीतालाई फोन गरेपछि त झन् बोल्ने नसक्ने भए ।।
भावना लाइ मन पराए तर भन्न सकिन । उसको याद आउथ्यो । उही कर्ने दाइ को पसलमा बसेर चाउमिन अर्डर गर्दै बस्न मन थियो । उ संग फेरी त्यसरी नै हेरेर टोलाउन मन थियो तर जे सोचिन्छ त्यो पुरा नहुने रहेछ अपबाद बाहेक ।
रिसल्ट आयो असार १३ गते ८४ प्रतिशत आएछ तर मलाइ उही जड्याहा बा कि सज्जन छोरी भावनाको सोध्न मन थियो । घर तिर सरकारीमा पढेकी जे होस् पास भइछ प्रथम श्रेणी मा खुसि लाग्यो । करिब ५ महिना त्यसै बिते फेरी उसै संग भेट हुने रहर मा ।
हजुरआमा ले भने जसरि पनि भर्ना हुन भन्दा अगाडी घर गईन दशैँ मा गैहाल्छस नि अहिले नजा भन्नुहुन्थ्यो बाले । तर मन ले त उतै उ संग जिस्किदै उसका कुर्ता का सलहरु तानिदिदै उसै संग पढ़न मन गर्थ्यो अझ भनु गएर संगै बस्न मन लाग्थ्यो ।बीच बीच मा सिता लाइ फोन गर्दै उसको खबर बुझ्थे । कहिले काही त लाग्थ्यो उस्ले पनि मन पराएको भए त फोन गर्दी हो ।सोचे केटि घमण्डी नै रहिछ गाउ कै राम्री,थुप्रै को प्रोपोज रिजेक्ट गरेकी ।पछी त मलाइ उसको घमण्डीपन नै मन पर्यो ।।।
५ महिना यसै बिते बीच मा सिता लाइ फोन त कहिले म्यासेज गर्दै भावना को बारेमा सोध्ने बाहेक केहि उल्लेख्य प्रगति भएको थिएन,कलेजको पहिलो त्राइमासिक परिक्ष्या सकेर घर जान ठिक्क थिए । सायद भावना संग बोलेर तिमिलाइ मन पराउछु भनेको भए आज धेरै कुरा उसलाई कोसेली स्वरुप लगिदिन मन थियो तर अपसोच उसका याद मात्रै लिएर फर्के उही ठाम जहा मैले सबै भन्दा धेरै माया गर्ने भावना बस्थि । घर पुगेकै अर्को दिन भेट्न मन थियो तर त्यो रहर गरेर मात्रै कहा हुन्थ्यो र सिता र मिलन लाइ खोजे अर्कै दिन ।
सिता मलाइ हेरेर मुस्कुराउथी घटस्थापनाको पर्सिपल्ट सिताले भनि अस्टमी को दिन क्लब ले कार्यक्रम राखेको छ भावना पनि नाच्दै छे दिलिप हेर्न त आउलाउ नि ।मैले उसलाई कार्यक्रम भन्दा पहिले भेट्न मन छ भनेको थिए सिता ले”भावना भेट्न मान्दिनन”भनि । म अष्टमी सम्म उसलाई भेट्न त के म तिमीलाई मन पराउने दिलिप तिम्रै गाउ मा छु भनेर पनि भन्न पनि सकिन ।तर पछी सिता ले भनेकी थिइ भावना ले सोधेकी थिइन् तिमि आयौ कि आएनौ भनेर ?म खुसि भए।।।
अष्टमीको दिन राजिव र म स्कुलको चौरमा पुगेउ ११ बजे कार्यक्रम १० बजे सुरु हुने पूर्व घोसित समय नै थियो ।मेरो पाइला चलेको थिएन उतिसाह्रो किनकि भावनालाई पहिलो पल्ट देख्दै छु बोल्न त परै जावोस ।सोचे उस्ले रिप्लाई नगरे नि उसलाई थाछा छ मैले मन पराउछु भन्ने । मान्छे को भिड बढ्यो। गाउभरी का केटाकेटी बुडापाका सबै आमा दिदि पर्नेहरु जम्मा भएका मलाइ त्यहाँ बस्न मन लागेन किनकि भावना नाच्न स्टेज मा आउछी तर म उस्लाइ हेर्न सक्दिन । म राजिव लाइ पिसाब फेर्न जान्छु भनेर हिडे तर गएर स्कुल पछाडी को लप्सी को रुख को फेद मा बसे ।
म के गरु के नगरु जसरी बसेको थिए । एक्लै कसैले नदेखे हुन्थ्यो म यहा छु भन्ने भाथ्यो तर म लप्सीको रुख तिर एक्लै निराश भएर आएको सिता ले देखिछ ।
अनेक कुरा मन मा खेल्दै थियो म निकै भाबुक मुद्रा मा बसेको थीए मोबाइल झिकेर हात मा खेलाउदै थीए त्यत्तिकै मा आवाज आयो ।“ दिलिप “झसंग भए सुरुमा डराए यसो पछी हेरेको त नाच्न लाइ ठिक्क परेकी भावना खालि खुट्टा आएकी रहिछ गुन्यो चोली लगाएर । मुख मा रातो टल्कने अनेक क्रिम घसिछ तर त्यसले उसको सुन्दरतालाइ कत्ति पनि असर गरेको थिएन।बुलेट देखिन्थि।। म हेरेको हेरेइ भए उस्ले मलाइ यसरि हेरी कि उसले गाजल लाएको आखा केवल मेरै लागि सजिएका थीए राधा कृष्णको अगाडी उभिए जसरि । उस्ले मेरो आखा मा हेरिरही म केवल उसको दर्शन को लागि ५ महिना पर्खिएको किन डराउथे म उसलाई आज नडराई हेरेको छु यो नै मेरो प्रेम को प्रमाण हो उ मलाइ दिलिप भनेपछि मौन छ मेरो आखा मा हेरिरहेकी छ उहि दयालु निर्दोष भावमा ।जसलाई म सुरुमा मिलनले भावना यस्ती छ भनेदेखि नै हेर्न चाहेको थिए । उ अगाडी आइ म बोल्नै सकिन ।
“सोधी डु यु लव मि” ?
आफुले माया गर्ने मान्छे । जुन कुरा मैले भन्छु भनेको उस्ले भनि । मैले “YES” भने तर उसको आखामा यसपल्ट हेर्न सकिन आखा झुके।पछी शिर उठाउने मेहनत गरे अह सकिन । उ सिधै मेरो अँगालो मा झम्टिन आइ मेरा कामेका हात को बीच बाट उस्ले आफ्ना हात हरु को साहरा लिई मलाइ बाधी शरीर का रौ ठाडा भए, मेरो मन ले बोल्नै दिदैन मलाइ आवाज निकाल्न दिदैन दिने भए पनि भन्ने थिए नि भावना आइ लव यु सो मच अह सकिन ।
उ रोए जस्तो घुक्क घुक्क गरि मेरै अँगालो मा बाधिएर लाग्यो माया बाड्न मलाइ भन्दा उसलाई हतार थियो होला । मैले भन्दा उस्ले धेरै माया गर्दिरहिछ मेरा हात अब केवल उसलाई साथ् दिन मात्रै सक्थे उसलाई बेस्सारी छाती मा टासे बल्ल सास आयो उसको निधारमा चुम्बन गर्दै”आइ लव यु भावना”भनेछु ।उ छुट्टीन खोजि मैले उसका पाखुरा समाउदै उसको आखा लाइ हेरिरहे उस्ले पनि हेरिरहि अनि फेरी उसलाई आफै तिर ताने र भने “यु आर रिअल्ली बिउटीफुल”…हासी उही पबित्र हासो । उ खालि खुट्टा थी थाहा थियो तर बिर्सेछु उसलाई सानो काडाले बिजेछ उस्ले दुख्यो भन्न नपाउदै मेरा हात उसका कोमल पाउ मा पुगेछ र उसलाई भनेछु के भयो न आत्तिउ म छु नि ।अब त म उसको सहारा भैसकेछु उ एउटा खुट्टा उचाल्दै उठेकी थी मेरो शिरमा एउटा हात राखेर अडीएकी थिइ मैले उसको काडा निकाल्दिदा उ रोइ मैले ‘लौ के भयो नरोउ गाजल पुसिन्छ’ भन्नासाथ उ तिनै खालिखुट्टा उचाल्दै दगुर्दै गइ उही स्टेज मा पछाडी पनि नफर्की ।
पछी थाहा पाए अघिल्लो दिन सिता ले घर मै बोलाएर भनेकी रहिछ मेरो बारेमा सबै कुरा,मेरा हरेक म्यासेज उसका मृगरुपी नयन ले देखेछन।उसले पनि सीताको मोबाइलमा लुकीलुकी पहिल्यै मेरा म्यासेज हेरेको कुरा खुलासा गरिछ जो उ प्रति नै समर्पित थिए तर थाहा नपाएझै गर्थे भनिछ । पछी दुवै जना हासेछन ।उस्ले मलाइ उसै दिन देखि ख्याल गर्न थालेकी रहिछ जुन दिन उसलाई मैले देखेको थिए ।कलेज मा सिता को फोन माग्दै मेरो कल हिस्टोरी र म्यासेज लुकीलुकी पढ़दी रहिछ उस्ले पनि मन मनै मन पराइसकेकी रहिछ तर सबै लाइ थाहा थियो उ गोप्य छ भन्ने ।
अब मेरो सामु ठुलो जिम्मेवारी पनि आइपर्यो म उसलाई माया गर्छु यो कुरा परिवारलाइ थाहा हुन भएन,लुकाएरै राख्न सक्न पर्यो अनि उसलाई छोडेर काठमान्डू जानु पनि थियो पढ्न यो समस्या त झन् मेरो सामु पर्खाल खडा बनेर चुनौती दिन आएको थियो ।
त्यस पछी उसलाई नियमित फोन गर्थे कहिले काही सोध्थे किन रिजेक्ट गरेउ अरुलाई उ भन्थी”आवारा छन् पढ्दैनन् भबिस्य हो बिग्रिन चाहन्नथे”मैले नि जिस्काउदै भने खुब सध्धे छ भनेर सोचेकी हौली मलाई झन् बिग्रिने भयौ ।यत्तिकै लुकी-लुकी भेट्थे उसलाई कहिले कलेज तिर आउ भनेर त कहिले हस्पिटल तिर उस्ले मलाइ धेरै मन पराईसकी भन्थी तिमिहरु त पैसावाला फ्यामिली काठ्मान्डु मै घर छ,गाडी छ मैले भन्थे माया पैसा हेरेर पर्दैन आखा र मन मिलेर पर्दोरहेछ ऊ आफ्नो घर परिवार को कुरा गर्दा प्राय रुन्थी मेरो हात समाएर बोल्थि धेरै कुरा गर्न चाहान्थी तर गाह्रो थियो गाउमा भेट्न कसैले भेटेको देख्यो कि त्यो भाइरल बनेर फैलिन्थ्यो ।।आभास भयो मुटु कहा छ भनेर थाहा पाउन माया गर्नुपर्दोरहेछ ।
बुवाको ठुलो इज्जत गाउ मा । आज सम्म बुवा को आखा मा हेरेर पनि कुरा गर्न डराउने म अझ यस्तो कुरा थाहा पाए मार्नुहुन्छ। त्यहि पनि लुकीलुकी भेटे उसलाई सोध्थे के बन्ने सोच छ जिस्किदै भन्थी तिम्रो दुलही हास्दै भन्थी “होइन बैंक मा जागिर खान मन छ “।। मलाइ पनि यहि प्रश्न सोध्थी इन्जिनियर हुने मन छ तर हेरम भाग्य ले कता डोर्याउछ भन्थे । उस्ले भन्थी मेरो नजिकपनले तिम्रो पढाइ मा अलिकति पनि असर नहोस उ टाडिन खोजे जस्तो गर्थी ।। उ मेरो पढाइ लाइ ध्यान दिन्थी कहिलेकाही चिन्तित हुन्थी मेरो कारण ले बिगरिए चाहि नभन है” ।मैले नि भन्थे पढ्नु त पर्छ नै फुर्सद मा बोल्नुपर्छ बानि परिसकेको थियो फोन मा बोल्ने । उस्ले फोन नगर्दा झन् केहि गर्ने जागर नै हुन्थेन। “छोरी मान्छे जति बेला पनि बोल्न मिल्दैन भन्थी” त्यसैले लव यु लेखेका म्यासेज पठाईरहन्थी त्यो पनि अनेकन माया सम्बन्धि महान बाणीहरु संगै टासेर । सबै कुरा भुल्थे उसलाई सोच्न थालेपछि टोलाउन मन लाग्थ्यो अनेक सपना खेल्थे मन मा उ संग घुम्न पाए,संगइ रमाउन पाए,केवल प्लान बनाउदैमा थाक्थे सोचे उसले कति माया गर्छि।बिस्वास नै सम्बन्ध टिकाउने सिमेन्ट हो उ मलाइ खुब बिस्वास गर्थी म पनि उसलाई उस्तै कहिल्यै शंका गर्ने मौका पनि दिईन ।
“धेरै माया नगर छुट्टीन पर्छ” एकदिन यसैगरि जिसक्याको थिए । उस्ले पागल भयौ क्या हो तिमि । तिमि र म त कहिले छुट्टीन सक्दैनौ । म उसको माया मा पागल भैसकेको थिए उ बिना अब का बाकि दिन कटाउन गाह्रो हुने मा पहिले जानकार थिए । कहिले काही भन्थी मेरो बिहे छिट्टै भयो भने आउ है कसरी हुन्छ भनु ।उस्ले चित्त दुखाइ भने साह्रै नमज्जा लाग्थ्यो उसलाई म संग भएको सबै माया दिएर फकाउन मन थियो ।कहिले भेटेरै त कहिले फोन मै घन्टौ बात् हुन्थ्यों अझ लुकी लुकी लव गर्न को मज्जा नै बेग्लै छ भन्थी।कहिले काही के मुड चल्दो हो अनि भन्थी म मरे भने के गर्छौ सजिलै संग भनिदिन्थे म पनि मर्छु ।“झुट” भन्थी।
उ मलाइ आफु नाचेको भिडियो देखाउथी आफ्नै मोबाइल बाट ।कति रमाइला पल हरु ति रमाइला साझहरु प्रत्यक पल लाइ संगै मिलेर अबिस्मरनिय बनाइयो धेरै पल संगै बिताउदै थियौ थाहा थियो यो क्षडिक खुसि हो भन्ने तर पनि संगै छउन्जेल ति कुरा को वास्ता गर्थेनौ ।
अब उसलाई छोडेर जानुपर्ने दिन नजिकिदै छ घुम्न जाम भनेर प्रस्ताब गरे कालिगण्डकी को तिर स्यांग्जा र पाल्पा को सिमाना सिद्दबाबा जाम भन्ने कुरो गरे हुन्छ भनि ।
नजिकै थियो मात्र पाच किलोमीटर तर संगै जान मिल्थेन किनकि लुकेर प्रेम गरेका थियौ हामीले । यसै मा त थियो नि मज्जा तिमि एक्लै जाउ बसमा म बाईक मा आउछु भनेर पठाए कति रहर थियो उसलाई पछाडी राखेर कुद्ने । ठुलो सोख थियो उ मेरी प्रेमिका हो भनेर दुनिया लाइ देखाउने । मन लाग्थ्यो तर सक्दिनथे । उ मलाइ बुझ्थी जे भने पनि नाइँ भन्दिन थि। मैले उसलाई केहि गिफ्ट दिनपर्ला भन्ने सोचेर नजिकै बजार गएर उसको हातमा सुहाउने एउटा औठी किनेर ल्याइदिएको थिए । मामाहरुले मामा घर नगएपनि मम्मी संग दक्षिणा पठाईरहनु हुन्थ्यो तिनै जम्मा पैसाले उसलाई किनिदिए । अब त उसको लागि जे पनि गर्न सक्ने भैसकेको थिए पागलप्रेमी… ।
म बाइकमा अलि ढिलो पुगे उ रिसाई पहिलोपल्ट ।अचम्म लाग्यो उसको हात समाएर सरि! भने उ अझै रिसाई अनि भनि”माया धेरै भएछ त्यसैले रिसाएको, अब छोड्न सक्दिन एकछिन टाडा जादा त यस्तो भयो अब जिन्दगि भरि टाडा भयौ भने ? उ अरु नै कल्पना गर्दै बसेकी रहिछ “ अचम्म लाग्यो अनि गालि गरे “धत्! के कुरा गरेको तिमीलाई छोड्न सकुला त अह,नेभर…इम्पोसिबल ।।
सिद्दबाबा को उकालो छाड्दै गर्दा उसलाई भने आखा बन्द गर न किन ? “काम छ”। उस्ले आखा बन्द गरि उसको हात समाएर मैले ल्याएको औठी उसलाई लगाइदिए । जिन्दगि मा पहिलो गिफ्ट दिएको थिए कसैलाई त्यो।अनि उस्ले आखा खोलि हेरेर औठी देखेर औधि खुसि भइ त्यति खुसि मैले उसलाई आजसम्म देखेको थिइन ।हामीले धेरै भेटे पनि आज सम्म नगरेको चुब्बन उनको ओठ ले मेरो ओठ को स्पर्श गर्न पाएको थिएन । उ नजिकीई अनि उसलाई अँगालो मारे उ टास्सीई उ मेरो ओठ को नजिक आउदै तातो सास ले भनि “माया गरेको छु नि त”भनि र चुम्बन गरि हामि माया को दुनिया मा डुबिसकेछौ कसै प्रति डर लाग्नै छोडेछ। उसका ति न्याना स्तन मेरा छाती मा टासीए उस्ले आफ्नो पुरा यौवन म मा समर्पण गरि म उसलाई अब झन् गुमाउन चाहन्न । उ नै जीवन अब त ।उसको रहस्यमयी मुस्कान ले मलाइ सधै आकर्षित गर्यो र गरिरहनेछ । संसार भरको माया दिन चाहान्थे म उसको प्रेम मा अझै बिलिन हुन चाहान्थे उसकै प्रेम मा रंगिन चाहान्थे ।म उसलाई हावाले पनि नछोस भन्ने कामना गर्थे न घाम ले नै डाह लाग्थ्यो कसैले स्पर्स गरे चाहे त्यो गण्डकी कै चिसो हावा किन नहोस । जिस्किदै भनि “मैले जिन्दगि मा आफै सिकेको रुन र हास्न,मरीमरी बाच्न त तिमीबाट सिकेकी हु “।
जिउनुको अर्थ नै ऊ भैसकेकी थिई मेरो जीवन मा । भावना मात्र मेरी हो अब त यति भन्ने तागत आइसकेको थियो । धेरै कुरा गरेउ दुख का सुख का प्रेम का बिछोड का ।धेरै बेर संगै बसे पनि त डर थियो नि कोहि अरुले देख्छन कि भन्ने तेही डर ले साझ परेपछि छुट्टीम भने । उ म भोलि काठमान्डू जान परेकाले दुखि थिइ भन्थी इन्जिनियर भयौ भने त किन सम्झिन्थेउ र मलाइ म उसको ओठ मेरा औला ले थुनिदिदै चुप लाग!भन्दै उसलाई बोल्ने मौका दिन्नथे । उसलाई पूर्ण बिस्वास थियो मेरो प्रेम को सम्झाउथे “तिमि त छौ नि मेरो जहा गएपनि तिम्रो माया को आभास त छ नि” । म कस्सम खान्थे उसकै प्रेम को।“दुखि नबन म आउछु”भनेर उसलाई बस स्टेसन मा ल्याएर मैले बाइक स्टार्ट गरे उसलाई पछाडी राख्न मन थियो । कोशौ टाडा जान मन थियो बर्षात को मौसम मा उ संगै भिज्न मन थियो । एक्लोपन मा उसको सहारा को खाचो मलाइ पनि थियो ।
ऊ गाडी मै आउन पर्ने बाध्यता थियो ।किनकि हामि लुकीलुकी माया गरेका थियौ ।मैले उनलाई गाडीमा छोडेर हिडे म गाडी लाइ उछिनेर हिडे । धेरै बेर गाउ कै गाडी आउने चोकमा कुरे बस आएन।प्रश्न खेल्यो मन मा “के भयो?” राति पर्न लागेको थियो सोचे गाडी बिग्रिएछ होला लिन जान्छु । राति उसलाई पनि त घर मा गालि गर्नुहुन्छ होला जस्तो लाग्यो । राति सम्म आइनन।अब त लिन जान्छु संगै आए नि कसैले देख्दैनन। हिडे,उनलाई लिन तर जादा राम्दी नपुग्दै बीच बाटो मा ठुलै भिड देखे बाइक जानी ठाउ पनि थिएन कारण बाटो भरि मान्छे थिए हतार थियो ।
सोधे “के भयो दाइ ?” बस पल्टेछ ।।म अर्धचेत भए । मैले सोच्नै सकिन बस २०० मिटर तल कालिगण्डकी मा खसेछ बाइक बाटो मै फाले म भावना भनेर चिच्याए बेस्सरी रोए मुर्छा परे म त बेहोस भएछु बस मा थिइन् मैले सबै भन्दा धेरै माया गर्ने मलाइ संसारभरि कै माया दिने मेरो जीवन को ठुलो उपहार मेरी प्रेमिका भावना ।
अब न म उनलाई बचाउन सक्छु न कराउन सक्छु भावना भनेर चिच्याउन पनि सकिन म बेहोस को बेहोसमा भोलि पल्ट हस्पिटल मा फालिएछु ।भोलि पल्ट मेरी प्रेमिका मलाइ सबै भन्दा माया गर्ने,मेरो जिन्दगि को सहारा,तिमि मर्दा सजिलै संग मर्छु भन्ने म आज तिम्रो लाश माथि हाम फाल्न सकेको थिइन्।तिमीले भने जस्तै “झुट”साबित भए ,बौलाहा भए म न आज तिम्रो घर जान सक्छु न त्यो आगन मा राखेको तिम्रो लाश हेर्न ।प्रेमिका गुमाउनु को पिडा कसले सहन सक्छ? दैबलाइ गालि गरे तिम्रै खेल खेल्दा मैले सर्वस्व गुमाए ।सारा साथिहरु गए उसकै घर तिर म संगै थिई सिता मिलन र राजिव जसले मलाइ हिज पनि साथ् दिए उनीहरुनै आज अगाडी छन् । म उसको अन्तिम मुख हेर्न चाहेको थिए फेरी उसको अँगालो मा बाधिएर धेरै कुरा भन्न मन थियो । एकचोटी तिम्रो त्यो सास को सितलता चाख्ने मन थियो । संगै जिउने कसम टुटे को थियो । रुन्छु तर जता ततै उही भावना लाइ देख्छु मैले भेट्न बोलाए आइ आज संसार छोडी मेरै कारण ले जस्तो लाग्यो,नबोलाएको भए? । अनेक प्रश्न खेल्थे रुन्थे,चिच्च्याउथे घर मा सबै लाइ थाहा भयो मलाइ हस्पिटल मै लिन आए तर म भावना को एक झल्को देख्न चाहन्थे । सबै कुरा सुनाउथी ऊ मलाइ तर आज नसुनाई गइ भने “अझै बानि फेरिएको रहेनछ गोप्य रहिछ केटि” ।
मलाइ उसलाई हेर्न दिईएन उसलाई घाट लगेछन। म पागल थिए ।सब लाइ गालि गरे माया को पुजा गर्न जानेनन पापी हरु ले भन्दै सराप्थे ।एकछिन टाडा जादा पनि बस्न नसक्ने भावना ले आज मलाइ छोडेर गइ झेली रहिछ माया को खेल मा ।कसलाई दोष दिउ म हारेको थिए।
उ बिना म आज इन्जिनियर बन्न चाहन्न ,उ छैन त केहि छैन याद मेटाउने प्रयास गर्छु तर,असफल! ।प्यारालाइसिस भएर बन्द कोठा मा बसेको बिरामी जस्तो भए ।संसार का धेरै प्रेम कथा पढेको थिए,अरु कथा थिए तर यो त मेरो जीवन मा घटेको थियो ।सपना हो कि जस्तो लाग्यो यो जीवन । उसलाई बैंक मा काम गरेको देख्न मन छ, अझै पनि काठमान्डू का सडक पेटी मा हिड्दा कहिले काही आसु खस्छ सम्हालिन सक्दिन र कुना खोज्दै हिड्छु अनि रुमालले आशु पुस्छु ।आशु समस्या को समाधान त होइन थाहा थियो तर आशु नखसी समाधान पनि हुन्थेन ।अब को बाकि जीवन उसको याद मै बिताउन पुग्छ एक महिना को भेट ले मलाइ एक जुनीलाइ पुग्ने माया दिएकी थिइ।।थाहा छैन, पिडा का कति आशु खसे फेरी फर्केर घर जान मन लाग्दैन ।हामि ले नै लुकाएको माया थियो तर लुकाईएछ आखिरी मा दुनिया लाइ थाहा भएरै छाड्यो ।
आज पनि पर्स को भित्रि कापोमा उही भावना को फोटो हासेको छ जसलाई म सबै भन्दा बडी माया गर्थे र गरिरहन्छु पनि..

प्रतिक्रिया दिनुहोस