दाङ :- तुलसीपुरमा करेन्ट लागेर एक जनाको मुत्यु भएको छ ।
तुलसीपुर १० पड्डा बस्ने ४७ वर्षिय टिकाराम भण्डारीको करेन्ट लागेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आफ्नै घरमा कुवाबाट पानी तान्ने मोटर चलाउने क्रममा उनलाई शनिवार विहान १० वजेतिर करेन्ट लागेको प्रहरीको भनाई छ ।
करेन्ट लागेर गम्भिर घाईते भएका भण्डारीको राप्ती प्रादेसिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा निधन भएको प्रहरीले बताएको छ ।