दाङमा ५७ हजार बालबालिकालाई भिटामिन ए खुवाइने

दाङ :-  सरकारले कात्तिक २ र ३ गते ७ सय ५३ वटै स्थानिय तहमा ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउने भएको छ । सोहि अनुरुप दाङमा पनि भिटामिन ए र जुकाको औषधी खुवाउने तयारी थालिएको छ । स्वास्थ्य कार्यालय दाङले दिएको तथ्याङक अनुसार जिल्लामा यस पटक छ महिना देखी माथी र पाँच वर्ष मुनिका ५७ हजार ४ सय ६८ जना बालबालिका रहेका छन् ।
कार्यालयले जिल्लाका सम्वन्धित सवै पालिकामा बालबालिकाको तथ्याङक सहित भिटामिन ए र जुकाको औषधीको विवरण पठाई सकेको छ ।कार्यालयको तथ्याङक अनुसार छ महिना देखी पाँच वर्ष मुनिको बालबालिकाको संख्यामा सवै भन्दा वढि घोराही र तुलसीपुरमा छन् ।
घोराहीमा १५ हजार ७ सय ५० र तुलसीपुरमा १३ हजार ९ सय ७८ बालबालिकाको संख्या रहेको छ ।तर उक्त तथ्याङक केहि समय अगाडी भएकाले बालबालिकाको संख्या अहिले बढ्न सक्ने सम्वन्धित पालिकाका स्वास्थ्य महाशाखा कार्यालयले अनुमान गरेका छन् ।

त्यस्तैगरी लमहीमा ४ हजार ५ सय ७२,बबईमा ३ हजार १ सय १४, दंगीशरणमा २ हजार ७० , राजपुरमा ३ हजार दुई ७५ , गढवामा ४ हजार ४५, राप्तीमा ४ हजार ४५, बंगलाचुलीमा ३ हजार ८ सय ५३, र शान्तीनगरमा २ हजार ७ सय ६६ बालबालिका रहेका छन् । साथै शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाहरुमा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्था जाँच गर्ने, ६ देखि २३ महिनाका बालबालिकालाई बुहुसुक्ष्म तत्व बालभिटा समेत वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस