गोविन्द अाचार्यको तिहार गित अाउ नाचौ साथि हो फन्केर (भिडियो सहित)

काठमाडौं :-  चारकुने आँगन बारिभरी कोदो फिलुङ्गे कतै तोरि त कतै फापर फुलेको होचा होचा कान्ला , मिलेको प्लट वारि दुई पट्टि सिर देखि तिर सम्मै खोलाले छेकेको मुनिपटी खेत
कान्लै पिछे कार्तिकमा पनि पटपट फुट्न लागेका अंबक
८/९ रोपनी कोठेबारिमा सिर देखि तिरसम्मै जुनार सुन्तला र कागती पँहेलपुर ,स्कुस को माच , फर्सिको जंगल र काँन्ले बोडि , बोसे बोडि, घ्यु सिमि र बारिभरी रातै भएर पाकेका लोकल टमाटर अनि ती कलिला गट्टा , आफ्नै बारिमा फलेका लसुन प्याज र आलु ,
अब तिहारलाइ सम्झदा
घरका चारै तिर फुलेका क्यात्तुके , गोदावारी , ओरिजिनल सयपत्री , मखमली, गाइफुल र अन्य रङ्गिबिरङ्गी फुलैफुल्ले ढकमक्क ढाकेको फुल्बारी
आफ्नै मिलले कुटेको बास्मतिको चामल्मा पकाएर धाराकै छेउमा कागलाइ गरिएको मेज्मानी !
आफ्नै तोतेबोली फुटेकी सानी बहिनी र छोरिले उनेको माला साँङ्गलामा बाधिएको जंङ्गे कुकुरलाइ लगाइदिने माला र उस्लाइ खान दिने परिकार ,
हरियो गोबरले लिपेको आँगन चारैतिर बत्ती , चारैतिर पेटि देखि सिकुवा हुँदै माथी पुजा कोठा सम्मै सजाईएर बालिएका दिप र सिङ्गारिएको लक्ष्मि पुजाको मन्डप अनि गरिने पुजा ,
धुरी सम्मैको विभिन्न रङ्गी बिरङ्गी दिप बत्तिको चमक ,उत्तिनै बेला गोठभरिका गाइका किलै पिछे तोरिको तेलमा लपक्कै भिजेका बत्ती बाली भोलिपल्ट गाइलाइ पुज्न गरिएको निम्तो,
बिहानभरी जन्म जननी सहित दिदी बैनी ले गाइलाइ उनेका गाइफुल्का माला , गाइलाइ खुवाउन पकाएका बाबर , गाइलाइ टीका लगाउन ठिक्क पारेको पिठो र रङ दहिले भिजाई बटुकोमा राखिएको ओरिजिनल सयपतृको थुङ्गो !!
नाङ्लाभरी को गाइपुजा सामाग्री , हामिले बोक्दै पुर्याएको पुजा सामागृले भरिएको त्यो नाङ्लो , बुबाले बनाउदै गर्नु भएको गोबरको हिमालय पर्बत , रन्ङ्गी बिरङ्गी फुलले सजिएको पर्बत , बुबाले पढ्नु भएको गाइपुजा विधि , गाइलाइ लगाइएका माला , बिभिन्न भागमा बोटुकोमा बनेको त्यो पिठो र कलर मिसिएको टिकाले छ्याप छ्याप्प लगाईएको निदार हुँदै जिउभरिका टीका का डाम , सिङ भरी दलिएको तेल अनि नाङ्लै बाट खुवाइएको बाबर !
भोलि पल्ट यसरिनै हलि तिहार को मज्जा ,
अनि अन्तिम दिन यमपन्चकको बिदाइको दिन दिदी बहिनी र दाजुभाइ बिचको टीका साटासाट र ती सयकडौं मिस्ठान्नहरुको स्वाद ,,
आहाहा मेरो तिहार !
भिडियो

प्रतिक्रिया दिनुहोस