दुर्गेश थापाको ह्याप्पी तिहार बोलको गीत विवादमा

काठमाडौं :-  पछिल्लो समय चर्चाको शिखरमा रहेको गायक, संगीतकार तथा मोडल दुर्गेश थापा चर्चामा छन् । तीजको समयमा ‘बिच्च बिच्चमा’ बोलको गीत सार्वजनिक गरेर चर्चामा आएका उनी दशैँमा दीपक–दीपाको चलचित्रको लागि प्रोमोशन गीत गाएर चर्चामा आए । चलचित्र ‘छ माया छपक्कै’को प्रोमोशनल गीत गाएका दुर्गेसको दशैँकै समयमा एउटा तिहार गीत सार्वजनिक भयो ।

सामान्यतया तिहारगीत भन्नेबित्तिकै परम्परागत भेषभुषामा सजिएर कुनै गाउँको घरमा सुटिङ हुने देउसी–भैलो बुझिन्छ । तर, दुर्गेसले ‘ह्याप्पी तिहार’ बोलको गीत क्लबमा सुटिङ गरेका छन् भने वियरको प्रचारप्रसार गरेका छन् । यसरी तिहारमा वि य र खाउँ भन्ने सन्देश दिएको भन्दै उनीमाथि का र वा ही हुनसक्ने एक अधिवक्ताले बताएका छन् । अधिवक्त यज्ञमणि न्यौपानले एक अन्तर्वार्तामा उनीमाथि दुई वर्षको जे ल वा २० हजार रुपैयाँ ज रि वा ना वा दुवै स जा यँ हुनसक्ने बताए ।

दुर्गेश थापको गीतले र क्सी, गाँ जा, बि यर सेवन गरेर तिहार मनाऔं भन्ने सन्देश दिएको अधिवक्ता न्यौपानेको तर्क छ । ‘दुर्गेस थापाको तिहार गीतले नेपाली सनातन धर्म र संस्कृतिमाथिको प्रहार गर्दै परम्परा र संस्कृतिमाथि धावा बोलेको छ,’ अधिवक्ता न्यौपाने भन्छन्, ‘यो एकदमै गलत हो, यस्ता गीतहरुलाई निरु त्साहित गर्नुपर्छ ।’ यस्तै उनले मदि रा जन्य पदार्थको विज्ञापन सार्वजनिक हु्नु पनि गलत भएको उनको तर्क छ । दुर्गेसको गीतमा अ र्ना बि य रको खुलेआमा प्रचार गरिएको छ ।

अधिवक्ता न्यौपानेले यदि राज्यले गीत र सर्जकविरुद्ध का र वाही नगरे आफूले उनीविरुद्ध मु द्दा हाल्ने अवस्था आउनसक्ने बताए । ‘विचार अभिव्यक्तिको स्वतन्त्रता भन्दैमा सामाजिक शिष्टाचार र संस्कृतिमाथि प्रहार हुने शब्द प्रयोग गर्न पाइँदैन,’ उनले भने, ‘गाँ जा र मा द क पदार्थको प्रचार प्रसारको लागि कुनै कार्य गरेमा त्यो कानुन विपरित हुन्छ र यो कदम द ण्ड नीय छ ।’ अधिवक्ता न्यौपानेले दुर्गेश थापा सच्चिने र गीतका शब्दहरु परिमार्जन गर्ने आशा राखेका छन् । यदि त्यसो नभएमा आफूले मु द्दा हाल्ने योजनामा न्यौपाने छन् ।


धर्ममाथिको प्रहार गरेको पुष्टि भएमा दुर्गेसमाथि दुई वर्षको जेल र २० हजार रुपैयाँ जरिवानाको स जा यँ हुने कानुनी व्यवस्था छ । यस्तै गाँ जा जन्य पदार्थ खानको लागि प्रोत्साहित गरेमा १५ दिनको जे ल स जा यँ हुनसक्ने देवानी संहितमा उल्लेख गरिएको छ ।

अधिवक्ता न्यौपानले यसअघि नेपाल आइडलको पहिलो सिजनका विरुद्ध पनि मु द्दा दायर गरेका थिए । नेपाल आइडलको पहिलो सिजनमा दुई हप्तासम्म भोटिङ गर्ने व्यवस्था गरेपछि न्यौपानले एक हप्ताको मात्र भोटिङ गणना गर्नुपर्ने भन्दै मु द्दा दायर गरेका थिए । मु द्दाको विषयमा अदालतले न्यौपानेको पक्षमा फै स ला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस