नेकपाका सांसद ज्वाला साहलाई पितृ शोक

काठमाडौं :- प्रदेश नं. २ प्रदेशसभा सदस्य एवं नेकपा प्रदेश सहईन्चार्ज ज्वाला कुमारी साहका ससुरा तथा नेता अमृतशर्मा बजगाँईका पिता ८७ बर्षिया ईश्वरी प्रसाद बजगाँईको निधन भएको छ । लामो समयअघिबाट दमको रोगीबाट पिडित बजगाँईको सुक्रबार विहान जीतपुरसिमरा उपमहानगपालिका १६ पिलुवा स्थीत आफ्नै घरमा निधन भएको हो ।

वहाँको शव पसाह खोलामा अन्त्यष्ठी गरिएको छ । बजगाँईको शवमा नेकपा केन्द्रिय सदस्य दिनेश राई तथा जिल्ला अध्यक्ष क्षेत्र वहादुर श्रेष्ठ (अनील)ले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । नेकपा सुभचिन्तक बजगाईको निधनले पार्टीले एक कुशल अविभावक गुमाएको केन्द्रिय सदस्य राईले बताए । बजगाईको आत्माको चिर शान्तीको कामना गर्दै नेकपा जिल्ला अध्यक्ष अनिलले प्राणी मृत्यु सत्य भएको भन्दैै बजगाँई परिवार प्रति समवेदना ब्यक्त गरे ।

अन्त्यष्ठीमा प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, सीता गुरुङ्ग, मोहमद समिर समेतको सभागिता थियो । त्यस्तै जीतपुरसिमराका मेयर डा.कृष्ण प्रसाद पौडेल, उपमेयर सरस्वती चौधरी,सामाजिक अगुवा हरिदेव खरेल सहित नेकपा सम्बद्ध नेता कार्यत्रर्ताका साथै ठुलो संख्यामा स्थानियको सहभागिता रहेको थियो ।

बजगाँईका तीन छोरा दुई छोरी छन् । प्रदेशसभा सदस्य ज्वाला साह मृतक बजगाईका माईली बुहारी हुन् ।

प्रतिक्रिया दिनुहोस