एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

काठमाडौं :-   गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी भएका छन् ।

अध्यक्षका प्रत्यासी कुल आचार्यलाई १ सय ३५ मतले हराउँदै पन्त एनआरएनएको नयाँ अध्यक्ष बनेका हुन् र
पन्तले एक हजार ९४र आचार्यले नौ सय ५९ मत प्राप्त गरेको मतगणनामा संलग्न निर्वाचन समितिका सदस्यले जानकारी दिएका छन् ।
मतगणनाको औपचारिक घोषणा हुन भने अझै केही समय लाग्ने निर्वाचन समितिले जनाएको छ ।

यस्तै, उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा र बद्री केसी निर्वा्चित भएका छन् ।चुनावमा दुई हजार तीन सय ४४ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस