अहिलेकै अबस्थामा सामाजिक सुरक्षा काेषमा सुचिकृत नहुन एन प्यासन को सुचना

काठमाडौं  :- नेसनल प्याब्सनले नेपाल सरकारले लागु गरेको सामाजिक सुरक्षा कोष मा सुचिकृत नहुन देशभरका सम्पूर्ण निजी विद्यालयहरुलाई अनुरोध गरेको छ ।देशभर सञ्चालनमा रहेका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुलाई सूचीकृत हुने समयावधि २०७६असोज सम्म कायम गरिएकोमा वर्तमान परिस्थिति र अवस्थालाई दृष्टिगत गरी विशेष गरी निजी विद्यालयहरूको सन्दर्भमा विद्यालयको प्रकृति र अवस्था सबै विद्यालयहरूको समान नभएका कारण साना ठूला सबै विद्यालयहरूका बीचमा गहन छलफल गरेर सबैलाई सम्बोधन हुने गरी आफूहरु अगाडि बढ्न चाहेको अाज जारी सुचनामा भनिएकाे छ।सामाजिक सुरक्षा कोषको विषयलाई लिएर आफुहरु बिधालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको भन्दै जिल्ला जिल्लाबाट विद्यालयहरुले आफ्ना छाता संगठनहरुलाई सबैलाई न्याय दिलाउन दबाब् दिईरहेका छन,उता असाेजमसान्तसम्म पनि एकदमै न्यून मात्रामा कम्पनीहरु सूचीकृत भएको सामाजिक सुरक्षा कोष का प्रबक्ता रमा भट्टराईले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस