एनआरएनए प्रतिनिधिलाई सरकारको लञ्च पार्टी, लञ्चमा ३० लाख खर्च हुने अनुमान

नेपाल सरकार नै मूल आयोजक समितिको संयोजक रहेर सम्पन्न हुने एनआरएनएको विश्व सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधिहरुलाई सरकारले एक छाक खानासमेत खुवाएको छ ।

सम्मेलनको मूल आयोजक समितिमा नेपाल सरकारका पराष्ट्रमन्त्री संयोजक रहने प्रचलन छ । जसअनुसार यस नवौं विश्व सम्मेलनमा पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक छन् । उनको संयोजककत्वमा एनआरएनका साथै उद्योग वाणिज्य महासंघ सम्मिलित मूल आयोजक समिति रहेको छ । तथापि संयोजक ज्ञवाली एनआरएनएको सम्मलेन चलिरहँदा राष्ट्रपतिसँग म्यानमार पुगेका छन् ।

एनआरएनले सम्मेलन सफल बनाउन अध्यक्ष भवन भट्टको संयोजकत्वमा आन्तरिक समिति बनाएको छ भने निर्वाचन प्रक्रियाका लागि छुट्टै निर्वाचन समिति छ ।

सरकारको मन्त्री नै सम्मेलनको मूल आयोजक समितिको संयोजक हुनुका साथै सम्मेलनको उद्घाटनको दिन लञ्च (दिउँसोको खाना) सरकारले नै खुवाउने गरेको छ ।

सम्मेलनमा सहभागी हुन २६ सयको हाराहारीमा प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी भएका छन् । उद्घाटन सत्रमा प्रतिनिधिसँगै विभिन्न क्षेत्रबाट आएका अतिथि, शुभचिन्तक समेत गरी ३ हजार ५ सय भन्दा बढी सहभागी भएको एनआरएनए सचिवालयले जनाएको छ ।

एनआरएनएका प्रवक्ता भुषण घिमिरेका अनुसार उद्घाटन शत्रको दिनको खाना खर्च सरकारले नै बेहोर्नेछ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले पनि पहिलो दिनको लञ्चको खर्च सरकारले बेर्होर्ने जानकारी दिए ।

उनका अनुसार खानामा ३० लाख खर्च हुने अनुमान गरिएको छ । तर बिल आएपछि सोही अनुसारको भुक्तानी हुने मन्त्रालयका प्रवक्ता पौड्यालले जानकारी दिए । उनले ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरे पछि सरकारले १ करोड रुपैयाँ भन्दा धेरै खर्च गर्नुपर्ने देखिएको छ ।

होटल हायातले प्रतिव्यक्ति ३ हजार रुपैयाँका दरले खाना खुवाउने गरेको छ । जसअनुसार ३ हजार ५ सयले नै खाना खाए १ करोड ५ लाख रुपैयाँ एक दिनको रकम हुनेछ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा पैसाको व्यापक चलखेल भएको सहभागीहरुले गुनासो गरेका छन् ।

उम्मेद्वारहरुले भोट फकाउन पैसाको चलखेल गरेको आरोप लागेको हो । निर्वाचनमा उम्मेद्वारी दिने तयारीमा रहेका गैरआवासीय नेपालीहरुले कतिपय प्रतिनिधिलाई आफैं खर्च दिएर बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस