विप्लव समूहको बैठकमा प्रहरीको छापा, विप्लवका दाजुसहित २१ पक्राउ

दाङ :-   नेत्रविक्रम चन्द ‘विप्लव’ का दाजुसहित सो समूहका २१ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले नेपालयन खबरलाई जनाएको छ ।

त्यहाँ विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले गएराति १ः०० बजे उनीहरुलाई पक्राउ गरिएको हो ।

राससका अनुसार पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजङ्ग चन्द,केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको हो ।
चन्द ‘विप्लव’ का दाजु हुन् ।

पक्राउ पर्नेमा
१) चन्द्रबहादुर चन्द (वीरजङ्ग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज
२) केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज
३) रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
४) सविन पोख्रेल –राप्ती ब्युरो कार्यालय सचिव
५) यमलाल कटुवाल(विक्रम) जिल्ला ईन्चार्ज
६) प्रदीप वली – जिल्ला सेक्रेटरी
७) बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष
८) सुनिल पौडेल–वुद्धिजिवी
९) एकराज चौधरी -एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
१०) धनबहादुर बोहोरा (महान) -एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गा पा सेक्रेटरी
११) तिलक पुन -पूर्व जनमुक्ति सेना
१२) सुरज विक -दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
१३) हितप्रसाद रोका -पार्टी सदस्य
१४) पोष्टमान घर्ती -रोल्पा जिल्ला सदस्य
१५) दलबहादुर खत्री
१६) अमित घर्ती मगर
१७) बालकृष्ण शर्मा
१८) जीत क्षेत्री
१९) रमेश आचार्य
२०) बिष्णु थापा
२१) कुलबहादुर ओली

प्रतिक्रिया दिनुहोस