बुढामगरले अनेक थरी प्रलोभन देखाउँदै हेलिकप्टरमा मनाङ र पोखराका होटेलहरुमा बस्नको लागि समेत दवाव दिएको उनले बताएकी छन् ।
अमेरिकामा आयोजना हुने भनिएको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ का महासचिव समेत रहेका बुढामगरले ‘टप थ्री’ मा पार्ने प्रलोभनमा विभिन्न प्रस्ताव गरेको उनको स्टाटसमा उल्लेख छ ।
पत्रकारहरु, अनलाइन न्युज र टेलिभिजन च्यानललाई सम्बोधनबाट उनले सुरु गरेको स्टाटसको अन्त्यमा उनले कुविचारबाट ग्रसित बुढाबगरजस्ता समाजको नराम्रो व्यक्तिलाई सजाय दिन सबैको साथ र सहयोगको अपेक्षा समेत गरेको उल्लेख छ ।
बुढामगर निलम्बित
कलाकार छिरिङ डोमा शेर्पाको लामो स्टाटस बाहिर आएपछि ‘वर्ल्र्ड नेपाल म्युजिक अवार्ड २०१९’को आयोजना वल्र्ड कनेक्सन युएसए इन्सले एक विज्ञप्ती जारी गर्दै बुढामगरलाई अवार्ड आयोजक समितिबाट निलम्बित गरेको जनाएको छ ।
‘अवार्डसँग जोडिएर लागेको आरोपको विषयमा बुझ्न बारम्बार सम्पर्क गर्दा पनि सम्पर्कमा नआएको कारण बुढालाई निर्दाेष सावित नभएसम्मका लागि निलम्बित गरिएको छ,’ वल्र्ड कनेक्सनको विज्ञप्तीमा उल्लेख छ ।
वर्ल्ड कनेक्सनले कलाकार, सहयोगी संघ संस्था र सह आयोजकलाई समेत बुढामगरसँग अवार्डसम्बन्धी कुनै पनि कार्य नगर्न सचेत समेत गरेको छ । स्रोत रातोपाटी