काँग्रेस भएकै आधारमा आलमलाई जथाभावी थुन्न पाइँदैन-काँग्रेस नेता प्रदीप पौडेल

काठमाडौं :- नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेल भविष्य बोकेकामध्ये पर्दछन् । विद्यार्थी राजनीति हुँदै काँग्रेसको राजनीतिमा स्थापित छन्  उनीसँग  गरिएको यो छोटो अन्तर्वार्ता :=

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सबैले सफल भयो भनेका छन् नेपाली कांग्रेसको धारणा के छ ?

उहाँको नेपाल भ्रमणलाई नेपाली कांग्रेसले एकदमै सकारात्मक रुपमा लिएको छ । विकासका विभिन्न आयोजनाहरुमा सम्झौता पनि भएका छन् । यस्ता सम्झौताहरु विगतमा हुने गर्दथे । तर, कार्यान्वयन कम भएका थिए । यो पटक भएको सम्झौताहरु कार्यान्वयन हुनेछन् । सम्झौता हुनु महत्वपूर्ण विषय हो । तर, त्योभन्दा पनि महत्वपूर्ण विषय भनेको सम्झौताअनुसार कामहरु हुन सक्यो भने झन् राम्रो हुन्छ । त्यसैले जुन विषयमा जसरी सम्झौता भएका छन् ती कुराहरु कार्यान्वयनतर्पm जाउन् भन्ने हाम्रो अपेक्षा र आग्रह हो ।
त्यसो भए चिनियाँ रेल काठमाडौं आउने भयो अब होइन ?
रेलको विषयमा जसरी यहाँ चर्चा र चासो व्यक्त गरिएको त्यो हिसावले उहाँ डिल भएको होइनरहेछ भन्ने कुरा सबैलाई छर्लङ्ग भइसकेको छ । त्यसको बारेमा बल्ल अहिले डीपीआर तयार गर्ने भनेर सहमति भएको छ । डीपीआर तयार गर्नुभनेको आउने सम्भावना छ कि छैन भनेर टुंग्याउन अभैm बाँकी छ । त्यो टुंग्याइसकेपछि मात्रै निर्माण हुने नहुने प्रक्रियामा जान्छ । अहिले चाहीं गर्नको लागि दुवै पक्ष तयार भएजस्तो देखिन्छ । त्यसलाई सकारात्म ढंगले लिनुपर्छ । हिजोका दिनमा जसरी हल्ला गरिएको थियो, सरकारी पक्षबाट त्यो होइन रहेछ भन्ने कुरा सीको भ्रमणले प्रमाणित भएको छ ।
हल्लाअनुसार जसरी लगानीको सहमति हुनुपथ्र्यो त्यति आएन हो ?
उहाँको आगमनभन्दा अगाडि यहाँ जे–जे विषयहरु उठाइएको थिए । जसरी जुन–जुन विषयलाई लिएर चर्चा र हल्ला गरिएको थियो, त्यो सबै विषय प्रवेश गरेको अवस्था पनि रहेन । यी बाहेक अन्य विषय पनि नेपाल सरकारबाट एजेन्डाको रुपमा लिइएको छ, भनिएको थियो । ती विषयलाई सम्झौतामा गरिएको र भनेभैंm गरी टुंगिएको हामीले पाएनौं ।
गेमचेन्जर विषयमा सरकार अडिएन, साना–साना माग राखेर सुचीमात्रै ठूलो बनायो भन्नेहरु पनि छन् नि ?
एउटा त हामीले अन्तर्राष्ट्रिय छिमेकीसँग कस्तो सम्बन्ध बनाउने । ऊसँग साझेदारी के–के विषयमा गर्ने, रणनीति कस्तो बनाउनुपर्ने भन्ने बारेमा हामीले अभैm जिम्मेवार हुन आवश्यक छ । यो कसैसँग मागेर लिनेभन्दा पनि आपसी सहयोग आदानप्रदान गर्दा राष्ट्रिय स्वार्थलाई माथि राख्ने विषय हो । त्यसैले हाम्रो स्वार्थमाथि हुने गरी हामीले रणनीतिक साझेदारी गर्न आवश्यक छ । त्यसको निम्ति के के विषय उपयुक्त हुन्छन्, त्यो पहिल्याउनुपर्छ । त्यसपछि मात्रै हामीले ती विषयमा सहमति गरेर प्रस्तुत गर्न सक्छौं । यो पटकको भ्रमणमा पनि राज्यपक्ष धेरै तयारीमा रहेको देखिएन । चिनियाँ पक्षसँग नेपालपक्षले जे–जे भन्दै र गर्दै आएको थियो, त्यसरी कुरा भएको जस्तो पनि देखिएन । चीनसँग साझेदार गर्दा हाम्रो महत्वको विषय के हो ? कुन विषयलाई फोकस गर्दा हामीलाई फाइदा हुन्छ भन्ने पनि देखिएन । त्यसकारण आगामी दिनमा यस्ता कुरामा अझ बढी गृहकार्य हुन आवश्यक छ । पहिला नेपालमा सबै राजनीतिक दलहरुसँग गृहकार्य हुन आवश्यक छ । त्यसैगरी अन्तर्राष्ट्रिय जगतसँग हामीले के के विषयमा साझेदारी गर्ने भनेर एकिन गर्न आवश्यक छ । यी विषयमा पूर्ण राष्ट्रिय एकता कायम हुनुपर्छ । एकलौटी साझेदारीको गर्ने प्रयास गरेको अवस्था एसपटकको भ्रमणमा पनि गरेको देखिएन ।
पहिला नरेन्द्र मोदीले पनि एक अर्ब सहयोग दिने भन्नुभएको थियो, अहिले सीले पनि रात्रीभोजको अवसरमा ठूलै रकम घोषणा गर्नुभएकोछ, के यो कार्यान्वयन होला ?
हाम्रा मानसिकता पनि हामी माग्ने हो, अनि कसैले दिने । यसरी दिने र माग्नेको ढंगबाट पनि यसलाई बुझ्नुभएन । जुनसुकै भ्रमणमा पनि कति दिने घोषणा गर्दछन्, त्यसको आधारमा त्यो कति सफल कति असफल भन्ने सोचाइ छ, त्यो सहीहो जस्तो लाग्दैन । पहिलो कुरा छिमेकीको भ्रमणमा हार्दिकतालाई विकास गर्न खोज्नु सकारात्मक पक्ष हो । सम्बन्धलाई आसपी सद्भावपूर्ण बनाउने कुरा राष्ट्रिय हितमा हुन्छ । तर, जसरी हामीले कचौरा थापेर साना–साना कुरा माग्नुपर्छ । त्यसले देशलाई ठूलो उपलब्धी हुन्छ भन्ने ढंगले हामीले हेर्नुहुँदैन । दुईपक्षीय साझेदारी गर्ने कामहरु के–के हुन् ? हाम्रो मात्रै फाइदा र स्वार्थको निम्ति अर्को कसैले सहयोग गर्दैन । दिने पक्षको पनि त्यसमा फाइदा भएको देखिनुपर्छ । त्यसैले धेरै लामो साधसिमाना जोडिएको छिमेकीसँग के–के विषय साझेदारी गर्न सकिन्छ भनेर पहिल्याउनु आवश्यक छ । छिमेकी राष्ट्रबाट नेताहरु आउनुहुन्छ, उहाँहरुले यो–यो दिने भनेर घोषणा गर्नुहुन्छ । घोषणा गरिएका रकमहरु आउने–नआउने कुरामा हामीले त्यसलाई कति व्यवस्थित गरेर सदुपयोग गरेका छौं । कति फलोअप गरेका छौं त्यसमा भर पर्ने कुरा हो । फेरि कतिपय घोषणाहरु हामीलाई मात्रै खुशी बनाउनका लागि गरिएको जस्तो देखिन्छ । त्यसैले आगामी दिनमा कुनै योजनाबिना नै सहयोग माग्नुभन्दा वास्तविक योजनाकासाथ आपसी साझेदारी के के कुरामा हुन सक्छन्, त्यसमा साझेदारी गर्ने प्रक्रिया के हुन्, प्रक्रिया के हो ? सुरु कसरी गर्ने, अन्तिम परिणाम कसरी आउँछ, त्यो स्पष्ट हुनुपर्छ । यसरी विस्तृत योजनाकासाथ हामीले तयारी गर्दा राम्रो हुन्छ जस्तो लाग्छ ।
सभामुख पदमा चुनाव हुँदैछ, नेपाली कांग्रेसले दावी गर्छ कि गर्दैन ?
यसमा दावी गर्ने, नगर्ने भन्ने विषयमा हाम्रो आन्तरिक छलफल भएको छैन । यो, प्रक्रियामा गइसकेपछि आपसी छलफलबाट त्यसलाई टुंग्याउँछौं । अहिले नेपालमा प्रतिनिधिसभामै संविधानको उल्लंघन भएको छ । जहाँबाट कानुन निर्माण गरिन्छ, जसले संविधानप्रदत्त काम गर्नुपर्ने हो, त्यहींबाट नेपालको संविधानको उल्लंघन अवस्था थियो । नेकपाले अब त्यस्थितिलाई नियन्त्रण गर्नुपर्छ । जसरी अहिलेसम्म संविधानले दिएका प्रावधानको उल्लंघन भएका छन्, त्यसलाई यो पटक नेकपाले सच्याउन आवश्यक छ ।
होइन, तपाईंहरुले सभामुख माग्ने कि उपसभामुखमा अहिलेर बस्ने ?
यो हाम्ीले मागेर हुने होइन । यसमा नेकपाले के रणनीति अख्तियार गरेको छ, त्यसमा भरपर्छ । उसले आपैmले सभामुख लिएर कांग्रेसबाहेक अरु कुनै पार्टीलाई उपसभामुख दिन पनि सक्छ । उहाँहरु कोसँग मिल्नुहुन्छ, त्यसैलाई दिन पनि सक्नुहुन्छ ।
अहिलेसम्म कांग्रेसले त्यसबारेमा कुनै निर्णय गरेको छैन ?
नेपाली कांग्रेसले त्यसको बारेमा कुनै निर्णय गरेको छैन । हामीले खाली पहिल्यैदेखि उठाएको विषय यत्ति मात्रै हो । एउटै पार्टीको सभामुख र उपसभामुख हुन सक्दैन । ती कुरालाई अहिले सच्याइनुपर्छ भन्ने मलाई लाग्छ ।
अफताब आलमलाई तपाईंहरु जोगाउन खोज्दैहुनुहुन्छ रे नि कांग्रेसले किन यस्तो काम गर्छ ?
हामीले कसैलाई जोगाउने अथवा फसाउने भन्दा पनि उहाँ दोषी भए कारबाही हुनुपर्यो, निदोर्ष भए कांग्रेस भएकै आधारमा पूर्वाग्रही ढंगले थुनिनुभएन ।
उहाँद्वारा रौतहटमा यत्रो हत्या भएको होइन ?
त्यही त उहाँ दोषी भए कारबाही गर्नुपर्छ नभई पूर्वाग्रहरी ढंगले जथाभावी गर्न मिल्दैन भनेको ।
उहाँलाई अदालतले दोषी ठहर गरेको थियो नि ?
छानविन प्रक्रियालाई अवरोध गर्ने गरी कांग्रेसले हस्तक्षेप गर्दैन । कतैबाट अवरोध सिर्जना गर्दैन । निश्पक्ष छानविन हुनुपर्छ । दोषी ठहरिए हाम्रो मान्छे भए पनि कारबाही हुनुपर्छ । निर्दोष हो भने हाम्रो होइन भने पनि कारबाही गर्न मिल्दैन । त्यसैले कानुनी प्रक्रियाबाट यसलाई टुंग्याउनुपर्छ भन्ने हाम्रो भनाइ हो ।
गैरआवासीय नेपाल संघको चुनाव हुँदैछ, तपाईंहरु कुललाई अध्यक्ष बनाउन रातारात बैठक गरिरहनुभएको छ, कनि हस्तक्षेप गरेको ?
कसैकाप्रति अलि नजिकबाट सद्भाव हुन सक्छ । गैरआवासीय नेपाली संघको सम्मेलनमा नेपाली कांग्रेसले कुनै हस्तक्षेप गरेको छैन ।
कुमार पन्तलाई हराउन तपाईंहरु किन लागिरहनुभएको छ ?
यसमा लाइक र डिस्लाइक भन्ने हुन्छ । आन्तरिक प्रस्पर्धामा अनौपचारिक रुपमा समर्थन गर्न सक्ने एउटा विषय हुन सक्छ । तर, त्यसलाई खुलेर प्रष्ट ढंगबाट हाम्रो उम्मेदवार फलानो भनेर पत्रकार सम्मेलनमार्पmत आधिकरिक रुपमा भोट मागेर हिडेका छैनौं ।
कांग्रेसका शीर्ष नेताले खुलेरै भनेका छन् नि ?
गैरआवासीय नेपाल संघ लोकतान्त्रिक ढंगबाट अगाडि बढ्न सकोस् । यसले लोकतन्त्रको भावनालाई पूर्ण रुपमा आत्मसात गर्न सकोस् । यो नेपालकै लागि पनि एउटा उदाहरण बन्न सकोस् । नेपालको आर्थिक विकासलाई जोड्ने विषयमा गैरआवासीय नेपालीहरुको ठूलो भूमिका छ । लोकतान्त्रिक विधि र प्रक्रियाबाट सबैको भावनालाई सम्बोधन गर्न सक्ने नेतृत्व यसले ल्याओस् । यसले नेपालको विकासका विषयहरुलाई उठान गरेर कार्यान्वयन पक्षतिर लान सक्ने नेतृत्वको विकास गरोस् । सबैको मर्म र भावनालाई कदर गर्न सक्ने नेतृत्वको विकास हुनुपर्छ ।
गैरआवासीय नेपाली संघलाई तपाईंहरु कांग्रेसको भातृ संस्था बनाउन खोजिरहनुभएको छ हो ?
हामीले भातृ संस्था बनाउने भन्ने कुरा पनि होइन । त्यस्तो बनाउन खोजेका पनि छैनौं । त्यो विषय स्वाभाविक पनि होइन । हाम्रो भनाइ यत्तिमा मात्र हो, लोकतान्त्रिक ढंगबाट, लोकतान्त्रिक पद्धतिमार्पmत यो संस्था अगाडि बढोस् । यो संस्थामा मात्रै होइन, सबै ठाउँमा लोकतान्त्रिक विधि र पद्धति हुनुपर्छ । लोकतान्त्रिक मूल्यमान्यता, विधि र प्रक्रिया बिपरित काम काहीं पनि हुनुहुँदैन, भन्ने मात्रै हाम्रो सद्भाव हो ।

प्रतिक्रिया दिनुहोस