फिफा विश्वकप छनोट अन्तर्गत समूह बी मा रहेको नेपाल र जोर्डन आज भिडदै

फिफा विश्वकप छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले आज जोर्डनको सामना गर्दैछ ।

चौथो खेलमा दोस्रो जितको लक्ष्यसहित नेपाल बलियो प्रतिद्वन्द्वी जोर्डनको सामना गर्न लागेको हो । जोर्डनस्थित अम्मान अन्तर्राष्ट्रिय रंगशालामा खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।
गत बिहिबार अष्ट्रेलियासँग पराजित भएको नेपाल सुधारिएको प्रदर्शनसँगै जितको लक्ष्यमा रहेको छ ।
जोर्डन पनि फिफा वरीयतामा आफूभन्दा ६३ स्थान तल रहेको नेपालविरुद्ध घरेलु मैदानमा नतिजा आफ्नो पक्षमा पार्ने योजनामा छ । फिफा वरीयतामा जोर्डन ९८ औं स्थानमा छ भने नेपाल १ सय ६१ औं स्थानमा छ
छनोट अन्तर्गत समूहका २ खेलमध्ये १ मा खेलमा बराबरी र १ मा जित निकालेको जोर्डन ३ अंक बटुल्ने रणनीतिमा रहँदा नेपाल भने अंक खोस्न चाहन्छ । समूह तालिकामा जोर्डन ४ अंकसहित तेस्रो स्थानमा छ । त्यस्तै नेपाल भने ३ अंकसहित चौथो स्थानमा छ । नेपालले जोर्डन भन्दा एक खेल बढी खेलेको छ ।
विहिवार अष्ट्रेलियासँग ५–० को गोलअन्तरले पराजित नेपालले समूह बी अन्तर्गत चाइनिज ताइपेइसँग मात्र जित निकालेको थियो ।
समूहको पहिलो खेलमा भने नेपाल कुवेतसँग ७–० को फराकिलो गोलअन्तरले पराजित भएको थियो । जोर्डनले चाइनिज ताइपेइलाई २–१ ले हराउँदा कुवेतसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस