चिनियाँ अखिल भन्सार कार्यालले आज चौध तारिख एउटा प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा यस वर्षको पहिलो तीन त्रैमासिकमा चीनको वैदेशिक व्यापारको आयात र निर्यातको कूल रकम २२९ खर्ब दश अर्ब चिनियाँ युआन पुगेको छ, जुन गत वर्षको सोहि अवधिको तुलनामा २.८ प्रतिशतले वृद्धि भएको छ।
एकपक्षीयता र व्यापार संरक्षणवादको प्रभावमा हालै समग्र विश्व वैदेशिक व्यापारमा गिरावट छ। संयुक्त राष्ट्र संघले सेप्टेम्बरमा सार्वजनिक गरेको “सन् २०१९ व्यापार र विकास प्रतिवेदन”मा यस वर्ष विश्व व्यापार वृद्धि दर २ प्रतिशत मात्रै रहनेछ।
विश्व व्यापार वृद्धि दर स्पष्ट रुपमा सुस्त गति भएपनि चीनको वैदेशिक व्यापार स्थिरताका साथ विकसित भैरहेको छ। पहिलो चीनले आयात र निर्यात संरचनालाई अझ अनुकूलन पारेको छ भने दोस्रो चीनको व्यवसायहरुले थप बजार अन्वेषण गरेका छन्। निजी व्यवसायहरू चीनको विदेश व्यापार वृद्धिको लागि महत्वपूर्ण शक्ति बनेका छन्।
तर यस वर्षको पहिलो तीन त्रैमासिकमा चीन र अमेरिकाबीचको व्यापारको कूल रकम सत्ताईस खर्ब पचास अर्ब चिनियाँ युआन पुगेको छ, जुन गत वर्षको सोहि अवधिको तुलनामा १०.३ प्रतिशतले घटेको छ। आर्थिक संघर्षबाट दुवै मुलुक बीचको व्यापारमा खराब प्रभाव ल्याइएको छ। सहयोग नै चीन र अमेरिकाको सबैभन्दा राम्रो छनौट हो।