नेपाल आइडल सिजन–३ को काठमाडौं अडिसन कात्तिक ६ गते

काठमाडौं । नेपाल आइडल सिजन–३ को काठमाडौं अडिसन कात्तिक ६ गते हुने भएको छ । एन के सिंह मेमोरियल ईपीएस स्कुल मिनभवनमा अडिसन हुने नेपाल आइडलले जनाएको छ ।

अडिसन दिनेको उमेर १६ वर्ष देखि ३० वर्षसम्म मात्रै हुनुपर्ने छ ।

नेपाल आइडल सिजन–३ को अडिसन भदौ ३१ गतेबाट सुरु भएको थियो । पहिलो अडिसन भदौ ३१ गते पोखरामा भएको थियो भने असोज ३ गते बुटवलमा, असोज ६ गते नेपालगञ्जमा भएको थियो । वीरगञ्जमा असोग १० गते र  विर्तामोडमा असोज १४ गते अडिसन भएको थियो ।

नेपाल आइडलको पहिलो सिजनको विजेता बुद्ध लामा भएका थिए भने दोस्रो सिजनको बाजी रवी ओडले मारेका थिए । सिजन तीनमा पनि अघिल्ला दुईवटा सिजनकै निर्णायक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस