नेपाल क्रिकेट संघ माथि लगाएको निलम्बन,अन्तर्राष्ट्रिय क्रिकेट आइसिसीले तीन वर्षपछि हटायो

नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको निलम्बन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले झन्डै तीन वर्षपछि हटाएको छ । आइसिसीको बोर्ड बैठकले क्यानमाथिको निलम्बन सशर्त फुकुवा गर्ने निर्णय गरेको हो । शर्तका विषयमा भने प्रष्ट खुलाएको छैन ।
आइसिसीकै प्रत्यक्ष संलग्नतामा असोज १० र ११ गते काठमाडौंमा क्यानको निर्वाचन भएपनि निलम्बन फुकुवाका लागि सबैभन्दा बलियो आधार बनेको थियो । सो निर्वाचनले चतुरबहादुर चन्दको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।

चार दिनपछि बसेको बैठटक पनि जारी विज्ञप्तीमा निर्वाचन पनि निलम्बन फुकुवाका लागि बाटो खुलेको उल्लेख छ । सरकारी हस्तक्षेप र निष्पक्ष निर्वाचनलगायतका विभन्न विषय देखाउँदै आइससिीले २०७३ वैशाखमा क्यानमाथि निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस