दिनहुँ झन्झन् लोकप्रिय हुँदै, साहरुख

एजेन्सी– बलिउड अभिनेता साहरुख खान दिनहुँ झन्झन् लोकप्रिय हुँदै गएका छन् । उनको लोकप्रियता विश्वभर फैलिएको छ ।

यसबीच साहरुखलाई अर्को एउटा उपलब्धि मिलेको छ । यो उपलब्धि के हो भने उनीसँग अब ट्विटरमा ३ करोड ९० लाख फलोअर्स पुगेका छन् । यो जानकारी उनी आफैंले दिएका हुन् ।

भारतका सेलेब्रिटीमा यो सबैभन्दा धेरै फलोअर्स संख्या हो । भारतका अभिनेता अमिताभका ट्विटरमा ३ करोड ८८ लाख, सलमान खानका ३ करोड ८३ लाख फलोअर्स छन् । इन्स्टाग्राममा पनि साहरुखका १ करोड ८३ लाख फलोअर्स पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस