जापानले देशमा आएको आाधीबाट भएको अस्तव्यस्त अवस्थामा उद्धार गर्न १ लाख १० हजार मानिसलाई खटाएको छ । शनिबार जापानमा हगिबिस आँधीले ३१ जनाको मृत्यु हुनुका साथै अझे १५ जना हराइरहेको जनाइएको छ । सो आँधीका कारण रुग्बी वर्ल्ड कप म्याच पनि रद्ध भएको थियो । यद्यपि जापान र स्कटल्याण्डबीचको म्याच भने भएको थियो ।
हजारौं प्रहरी अधिकारी, फायर फाइटर्स, कोस्ट गार्ड र सेना अहिले उद्धारको कार्यमा खटिएका छन् । ७० लाख भन्दा बढी मानिसलाई उनीहरुको घर छोड्न आग्रह गरिएको थियो । यद्यपि अहिले ५० हजार मानिस मात्रै सुरक्षित सेल्टरमा रहेको जनाइएको छ ।