गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ६ गैरीखुट्टा निवासी–४६ वर्षीया कमलदेवी घिमिरेको करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएपछि घिमिरेलाई उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुडामणि पुनले बताए ।
घिमिरेको शवलाई पोष्टमार्टको लागि गुल्मी अस्पताल लगीएको छ ।