राष्ट्राध्यक्ष सी चिनफिङले १३ तारिख नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्ने क्रममा आर्थिक विकास र जनजीवनको सुधार गर्ने सन्दर्भमा नेपाललाई चीनले समर्थन गरेको बताउँदै नेपालसँग अझ नीतिगत सम्पर्क राखेर शिक्षा, पर्यटन र स्थानीय क्षेत्रको आदान-प्रदानलाई प्रवर्द्धन गर्दै जान चीन इच्छक रहेको औँल्याउनुभएको छ।
वार्ताको क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लगानी लगाउन अझ बढी चिनियाँ व्यवसायी तथा लगानीकर्तालाई स्वागत गर्नुका साथै बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपालको भ्रमण गर्न स्वागत गर्नुभएको छ।
वार्तापछि दुवै पक्षले संयुक्त रुपमा “जन गणतन्त्र चीन र नेपालको संयुक्त वक्तव्य” जारी गरेका छन्।