राष्ट्राध्यक्ष सीद्वारा सफलताका साथ भारत र नेपालको भ्रमण

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर ११ तारिखदेखि थाल्नुभएको दक्षिण एशियाका दुई मुलुकको भ्रमण १३ तारिख सफलताका साथ सम्पन्न भएको छ। नयाँ चीन स्थापनाको ७० औँ वार्षिकोत्सव समारोहपछिको पहिलो भ्रमणको रुपमा राष्ट्राध्यक्ष सी चिनफिङले भारतको चेन्नईमा आयोजित चीन-भारत नेतागणको दोस्रो अनौपचारिक भेटवार्तामा सहभागी हुनुबाहेक नेपालको राजकीय भ्रमण पनि गर्नुभएको छ।

भारत र नेपाल चीनका लागि दक्षिण एशियामा रहेका दुईवटा महत्वपूर्ण छिमेकी मुलुक हुन्। आगामी वर्ष चीन र भारत बीचको दौत्य सम्बन्ध कायम भएको ७० औँ वार्षिकोत्सव र चीन तथा नेपाल बीचको दौत्य सम्बन्ध कायम भएको ६५ औँ वार्षिकोत्सव हुनेछ। राष्ट्राध्यक्ष सीले यी दुई देशको सफल भ्रमणबाट आपसी विश्वासलाई प्रबर्द्धन गरिनुका साथै एक आपसमा रहेका पारस्परिक हितयुक्त सहकार्यलाई पनि गहन पारिएको छ।

भारतको भ्रमण अवधिमा दुवै देशका नेतागणले सदिच्छापूर्वक आदान-प्रदान गर्नुका साथै मतभेदको राम्रोसँग समाधान गरी रणनीतिक पारस्परिक विश्वासलाई सबल पार्नुभएको छ।

राष्ट्राध्यक्ष सीले नेपालको राजकीय भ्रमणबाट चीन-नेपाल सम्बन्धको द्रुत गतिले विकास हुने नयाँ युगको आरम्भ भएको छ।

राष्ट्राध्यक्ष सीको यस भ्रमण चीन र दक्षिण एशियाका विभिन्न मुलुकहरू बीच बेल्ट एण्ड रोडको निर्माणलाई अघि बढाउनका लागि हितकर हुनुका साथै क्षेत्रीय र समस्त विश्व शान्ति, स्थिरता र विकासका लागि अत्यन्तै महत्वपूर्ण अर्थ रहेको छ।

प्रतिक्रिया दिनुहोस