महरा र आलमले सांसदकाे हैसीयतबाट काम गर्न नपाउने

 काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको हैसीयतबाट कुनै पनि काम गर्न नपाउने भएका छन् । जसबाट उनीहरूको सांसद पद निलम्बन सरह हुने भएको छ । निवर्तमान सभामुख महरालाई संसद् सचिवालय स्वास्थ्य शाखाकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको जाहेरी परेपछि जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ गरिएको थियो ।

सांसद आलमलाई २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा संलग्न भएको आरोपमा आइतबार रौतहटबाट पक्राउ गरिएको हो । प्रतिनिधिसभा निर्वाचन २०७४ मा निर्वतमान सभामुख महरा तत्कालीन नेकपा ( माओवादी केन्द्र) दाङ २ बाट निर्वाचित हुन भने आलम नेपाली कांग्रेस रौतहट २ बाट निर्वाचित सांसद् हुन् ।

प्रतिक्रिया दिनुहोस